फेसन डिजाइनको कोर्स सिकाउन सेन्ट्रल फेसन हवको शाखा पोखरामा


पोखरा – नेपालमा दिनप्रतिदिन नयाँ नयाँ फेसनको माग बढिरहेको बेला पोखरामै फेसन डिजाइनको कोर्स सिकाइने भएको छ । सेन्ट्रल फेसन हव इन्स्टिच्युट अफ टेक्नोलोजीले राजधानीबाहिर हेटौडापछि पोखरामा शाखा विस्तार गरेको हो । शाखाको सेलिब्रेटीमाझ प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले शनिबार उद्घाटन गरे ।

उनले पोखरेलीहरु डिजाइन कोर्सका लागि बाहिर जानुपर्ने बाध्यता अब हटेको र पोखरामै सेन्ट्रल फेसन हवले सुविधा दिएको हुँदा इन्स्टिच्युटको सफलताको कामना गरे । संस्थाका प्रबन्ध निर्देशक उत्तमकुमार श्रेष्ठ बनेपालीले आफू लामो समयदेखि फेसन डिजाइनिङ क्षेत्रमा रहेको र अन्यलाई पनि सिकाउन शाखा विस्तार गरेको बताए । उनले आगामी दिनमा बुटवल र इटहरीमा पनि शाखा विस्तार गर्ने जनाए ।

विद्यार्थीले यहाँ सिकेपछि बुटिक हाउस संचालन गर्नुका साथै विभिन्न क्ष्ोत्रमा रोजगारको अवसर मिल्ने उनले बताए ।
सिर्जनाचोकस्थित पोखरा बिल्डिङ्मा विस्तारित शाखामा बनेपालीसहित जुबु गुरुङको संयुक्त लगानी छ । पोखरा र यस आसपासका क्षेत्रका युवायुवतीलाई लक्षित गर्दै बढ्दो बेरोजगार केही भए पनि कम गर्ने उद्देश्यले फेसन डिजाइनिङ क्षेत्रमा लगानी गरेको संचालक जुबु गुरुङले बताए ।

उद्घाटन समारोहमा मिस नेपाल वल्र्ड २०१६ अश्मी श्रेष्ठ, मिस नेपाल इन्टरनेश्नल रोशनी खत्री २०१६, मिस नेपाल वल्र्ड २०१२ शुभेक्षा खड्का, नायिका दीपाश्री निरौला, रीमा विश्वकर्मा, आँचल शर्मा, मरिस्कामेरी पोखरेललगायत सहभागी थिए ।
इस्टिच्युटमा डिप्लोमा लेवलको फेसन डिजाइन कोर्स सिकाइने हेड अफिसका प्रिन्सिपल सुभाषनी सिंहले बताइन् । उनका अनुसार कोर्सअन्तर्गत फेसन इलुस्ट्रेसनसँगै प्याटर्न मेकिङ, गार्मेन्ट कन्स्ट्रक्सन, टेक्साइल साइन्सलगायत कोर्स सिकाइनेछ । बेसिकअन्तर्गत सुरुवातको ३ महिने कोर्स लिनुपर्छ भने एक वर्षे कोर्सका लागि मासिक ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ ।

नेपाल बाहिरबाट फेसन डिजाइनसम्बन्धी ज्ञान सीप लिई यसलाई व्यवसायिकरुपमा अगाडि बढाइरहेको अवस्थामा यसले केही भए पनि सघाउने संचालक गुरुङको विश्वास छ । २०७० मा काठमाडौं कुपण्डोलमा पहिलो पटक स्थापना भइ यसले फेसन डिजाइनरसम्बन्धी इच्छुक विद्यार्थीहरुको सोखलाई पूरा गरिरहेको छ । यसैबीच, मिस नेपालका अफिसियल डिजाइनरसमेत रहेका बनेपानी र उनका विद्यार्थीले तयार पारेका विभिन्न प्रकारका डे«स शुक्रबार साँझ सेलिब्रेटीद्वारा ¥याम्पमा प्रस्तुत गरिनेछ ।