बिहानी र श्री अम्बिका बचत तथा ऋण सहकारीको एकीकरण सम्पन्न


कृष्ण रानाभाट/पोखरा । पोखरा ८ सभागृह चोकमा रहेको बिहानी बचत र पोखरा २७ हेम्जाको अम्बिका बचतको एकीकृत साधारण सभाले एकीकरण गर्ने निर्णय गरेको छ ।

एकीकरण पछि सहकारीको नाम श्री बिहानी बचत तथा ऋण सहकारी संस्था रहनेछ भने संस्थाको अध्यक्ष, सचिव र कोषाध्यक्ष पनि बिहानी सहकारी कै अध्यक्ष रामचन्द्र शर्मा, सचीव किरण पोखरेल र कोषाध्यक्ष राजु श्रेष्ठ रहने गरि नयाँ संचालक समिति सर्बसम्मत निर्वाचित भएका छन् ।

सभाको प्रमुख अतिथि सहकारी तथा गरीबी निवारण मन्त्री हृदय राम थानीले उद्घाटन गर्दै नेपालमा सहकारीको महत्त्वपूर्ण भुमिका रहेकोे बताए । हाल देशमा ३३ हजार सहकारीमा ६१ हजारले रोजगार पाएका बताउँदै १० लाखले अर्ध रोजगारी पाएको उनले बताए । करिब ४६% महिला सहकारीमा आवद्ध भैइ उनीहरुको नेतृत्व बिकासमा समेत भुमिका रहेको बताए ।

साथै सहकारीमा लाग्ने महिलाहरु नै स्थानीय निकायमा पनि सक्रिय भएर लाग्नु पर्ने बताए । राज्य नपुगेको ठाउँमा सहकारी पुगेको छ । सहकारीको अबस्था बुझ्न पनि जरुरी छ । तराई पहाड हिमाल मा कसरी । कसैसँग पैसा माग्नु परेको छैन । एकीकृत गर्ने काम सहकारी ले गरेको छ । ४७ सालमा ८३० वटा बाट सुरु भएको ३३ हजार पुगी सकेको बताउँदै अब बन्ने सहकारी एन सहकारी मैत्री बनाउने, जनता मैत्री एन नबनेमा संशोधन गर्न तयार रहेकोे र सिद्धान्त भन्दा बाहिर कोहि सहकारी नजाउन भन्ने तर्फ आफू सचेत भएको बताए ।

बिशेष अतिथि सांसद शारदा पौडेलले एकीकरण पछीको सहकारीे हरेक सदस्यको सुख दुखको साथी बन्न सकोस् भन्दै बिपि कोइरालाको सपना साकार भएको पाएको बताइन। सहकारी एकीकृत भएपछी कारोबार अझै चुस्त दुरुस्त रहोस् भन्दै शुभकामना व्यक्त गरेकी थिईन । उक्त कार्यक्रममा गौरीशंकर सहकारीका अध्यक्ष रुद्रनाथ पौडेल, संगम सहकारीका अध्यक्ष निरज थापालगाएतले सहकारी मर्ज भएकोमा शुभकामना दिँदै अन्य सहकारीले पनि सिको गर्नुपर्ने आबश्यकता रहेकोे बताए ।

मर्ज पश्चात सहकारीको चुक्ता पुँजी १० करोड ७६ लाख ५४ हजार दुई सय, लगानी ३२ करोड ३५ लाख ६९ हजार एक सय ७८, शेयर सदस्य संख्या ४४८२, निक्षेप संकलन २२ करोड ८७ लाख हुने अध्यक्ष रामचन्द्र शर्माले बताए । सो अबसरमा दुबै सहकारीको स्थापना काल देखि हाल सम्म संस्थाको बिकास मा महत्त्वपूर्ण सहयोग गर्ने संस्थापक तथा शेयर सदस्यहरुलाई प्रमुख अतिथि मन्त्री थानिले सम्मानपत्रद्वारा सम्मान गरेका थिए ।

हजार माइलको यात्रा एक पाइलाबाट भन्ने उक्ति लाई आत्मसात गर्दै आम ब्यक्तिको समृद्धिको लागि सहकारी लागीरहेकाले अब मर्ज पछी हेम्जामा औद्योगिक बिकास र शेयर सदस्यको भबिश्यलाई सुनिस्चित बनाउन लागि पर्ने सचिव किरण पोखरेलले बताए । कार्यक्रममा पार्वती आचार्यले स्वागत गीत र सहकारी गीत अदिती शर्माले गाएका थिए ।

बिहानी सहकारीका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचीव किरण पोखरेलले र स्वागत उपाध्यक्ष धर्मराज भण्डारीले र धन्यवाद श्री अम्बिका बचतका टिकाराम अधिकारीले गरेका थिए । त्यस अघि शनिबार नै हेम्जाको श्री अम्बिका बचत तथा ऋण सहकारीले वरिष्ठ पत्रकार केशवराज भण्डारीको प्रमुख आतिथ्यतामा सहकारीको बिशेष साधारण सभा गरि बिहानी सहकारी संग मर्जरमा जाने निर्णय गरेको थियो ।