दूताबास खोल्ने निर्णयलाई स्वागत गर्दै,कार्यान्वयनमा दबाब दिन कार्यक्रम हुँदै


बार्सिलोना/ स्पेनमा नेपाली दूताबास स्थापना गर्ने सरकारको निर्णयलाई सामुहिक रुपमा स्वागत गर्दै खुशी साटसाट गर्न एनआरएनए स्पेनले एक कार्यक्रमको आयोजना गरेको छ। बिगत एक दशक देखि स्पेन स्थित संघ संस्थाहरुको सामुहिक प्रयास पछि दूताबास स्थापना हुन सकेको भन्दै संघले आगामी बुधबार आफ्नै कार्यलयमा कार्यक्रम गर्न लागेको हो।

संघका महासचिव उमेश अधिकारीले सूचना जारी गर्दै संघ सँस्थाका प्रतिनिधिहरु लगायत सम्पूर्ण स्पेनबासी नेपाली समुदायलाई उपस्थितको लागि अनुरोध गरेका छन्। दूताबास स्थापना गर्ने सरकारी निर्णयको  कार्यान्वयनका लागि दबाब दिने बारे पछि बृहत छलफल गरिने महासचिव अधिकारीले सूचनामा जनाएका छन्।

स्पेनका नेपाली दूताबासको माग गर्दै एनआरएन लगायत यहाँ स्थित राजनीतिक,जातीय,क्षेत्रीय संघ संगठनले नेपाल सरकारलाई दबाब दिदै आएका थिए। गत साता सम्पन्न मन्त्रीपरिषदको बैठकले स्पेनबासी नेपालीहरुको मागलाई सम्बोधन गर्दै दूताबास खोल्ने निर्णय गरेको थियो। बैठकले दूताबासको निर्णय सँगै राजदूतमा भरत रायमाझीलाई नियुक्त समेत गरेको छ।

कार्यक्रम बारे बिबरण :-

  • मिति :- १ मार्च, २०१७ बुधबार
  • समय :- साँझ ५:०० बजे
  • स्थान :- एनआरएनए स्पेनको कार्यालय
  • carrer grassot 84-86 barcelona
  • metro L4 joanic