पुम्दीकोट महायज्ञको आठौं दिनसम्म ५ करोड बढि संकलन


पोखरा / पर्यटनको पुर्वाधार निमार्ण गर्ने उद्धेश्यले पोखराकोे पुम्दीकोटमा जारी महाशिवपुराण एवं धार्मिक पर्यटन महोत्सवको आठौं दिनमा ५७ लाख रुपैया संकलन भएको छ । महायज्ञको आठौं दिनसम्म ५ करोड १५ लाख रुपैया भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको महोत्सव एवं महायज्ञ आर्थिक संकलन उप–समितिका संयोजक डिल्लीराम बरालले बताए ।

मंगलबार पोखराका पर्यटन व्यवसायि एवं होटल मुनालका संचालक काली बहादुर परियारले ६ लाख ३ हजार २६ रुपैया सहयोग गरेका छन् । त्यसै गरी पोखरा नागढुंगाका धनिराम बराल परिवारबाट २ लाख ५१ ह्जार ५ सय १, बी.एन.बी. हाउजिङ कास्कीबाट २ लाख २५ हजार ५ सय ५५, लुकुन्स्वाराका केशवराज बरालबाट २ लाख ३१ हजार, लुकुन्स्वाराकै नरेन्द्र बरालबाट २ लाख ३१ हजार, उल्लेरीका सिंह बहादुर गुरुङबाट २ लाख २५ हजार, टाईगर गु्रुप पोखराबाट २ लाख २५ हजार, पश्चिमाञ्चल होटल संघ पोखराबाट २ लाख २५ हजार, पोखरा ड्यामसाईडका दीलीप शेरचनबाट २ लाख २५ हजार १ सय ८ रुपैया सहयोग गरेका छन् ।IMG_3007 एक लाख भन्दा बढी दान गर्नेहरुमा शान्तिस्तुपाः दहराका उमनाथ देवकोटा, लौसिवोटका निमराज पौडेल, जीवन बास्तोला, पोखरा १७ का नरपति देवकोटा, बराल गाईफार्म एवं ठुलिबिडिका टिकाराम बराल, भुम्दीका नारायण बहादुर क्षेत्रि, पोखरा बगरका राजेन्द्र श्रेष्ठले सहयोग गरेको बरालले जानकारी दिए ।

महायज्ञमा दान गर्न पोखरा र पोखरा आसपासबाट विभिन्न संघ संस्था, आमा समुह एवं व्यक्तिहरुको उत्साहजनक रुपमा सहभागिता रहेको छ ।पुम्दीकोटमा विशाल महादेवको मुर्ति सहितका भौतिक संरचना निर्माण गर्ने उद्धेश्यले संचालन भएको महायज्ञ फागुन १३ गते महाशिव रात्रिको दिनसम्म जारी रहने समितिका सचिव प्रकाश बरालले बताए ।IMG_3008

यातायत व्याबस्थापन समितिका संयोजक गोपाल बरालका अनुसार महायज्ञमा जान आउनको लागि पोखराको पार्दीविरौटा (बरालफिड) देखि पुम्दीकोटसम्म निशुल्क वसको व्यबस्था गरिएको छ ।

पर्यटन प्रवद्र्धनका लागि पुम्दीकोट विशाल महादेवको मुर्ति निमार्ण गर्ने हाम्रो अठोट”भन्ने मुल नाराका साथ आयोजना भएको महायज्ञबाट संकलन भएको रकमले पुम्दीकोटको धरोहर पुम्दीकोटको धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गराउने भएको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । उनका अनुसार पुम्दीकोटको ५ बर्षको सो योजना सम्पन्न गर्न करिव २१ करोड रुपैया खर्च लाग्ने अनुमान छ । IMG_3009उक्त महायज्ञको मुख्य वाचकमा ईश्वरकृष्ण महाराजजी रहेका छन् । यसै बिच नेपाल पत्रकार महासंघ कास्कीको नवनिर्वाचित पदाधिकारी सहित पत्रकारहरुको एक टोलीलाई मंगलबार महायज्ञमा माला तथा रामनामीले सम्मान गरीएको छ । महासंघ कास्कीको नवनिर्वाचित अध्यक्ष दीपेन्द्र श्रेष्ठ, सचिव राम प्रसाद तिमिल्सिना सहितको टिम मंगलबार पुम्दीकोट पुगेको थियो ।IMG_3010