सोमबार मन्त्रीपरिषद्को बैठक तीनपटक बस्यो, वैशाख ३१ मा स्थानीय तहको निर्वाचन गर्ने घोषणा (छापाबाट)


सोमबार मन्त्रीपरिषद्को बैठक तीनपटक बसेको थियो । बैठकले विभिन्न निर्याय गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

सोमबार बिहान १० बजे : करिब डेढ घन्टा चलेको मन्त्रिपरिषद् बैठकबाट स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वको स्थानीय तह पुनरावलोकन समितिले पेस गरेको प्रतिवेदन स्वीकृत गर्ने निर्णय ।

सोमबार अपराह्न ३ बजे : करिब एक घन्टा चलेको बैठकबाट १४ देशका लागि राजदूत सिफारिस गर्ने निर्णय । निर्वाचन घोषणा भएपछि सरुवा गर्न नपाउने भएकाले ५ सचिव र एक सहसचिवको पनि सरुवा ।

सोमबार साँझ ७ बजे : करिब सवा घन्टा बसेको बैठकबाट ३१ वैशाख ०७४ मा स्थानीय तहको निर्वाचन गर्ने घोषणा । निर्वाचनका लागि १० अर्ब २९ करोड ६३ लाख तत्काल निर्वाचन आयोगलाई निकासा दिने निर्णय ।