पाेखरामा अायाेजित आठौ क्यान इन्फोटेक मेला विथ मोवाइल एक्सपो सकियो


पोखरा – नेपाल सरकार सुचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बास्कोटाले निजी क्षेत्रले नेपालको सुचना प्रवाहको क्षेत्रमा ठूलो योगदान पु¥याएको वताएका छन । निजी संघ सस्थाको साझेदारीमा नेपाल सरकारले सुचना प्रविधीको उच्चतम प्रयोगबाट जनतामा सुचना प्रवाह गरिरहेको र जनताको प्रत्यक्ष सरोकार राख्ने विभिन्न निकायहरुलाई इन्टरनेटको माध्यामबाट सेवा दिन सरकार अगाडी वढिरहेको उनको भनाइ रहेको थियो ।

कम्प्युटर एशोसियसन अफ नेपाल क्यान महासंघ कास्कीले आयोजना गरेको आठौ क्यान इन्फोटेक मेला विथ मोवाइल एक्सपोको समापन समारोहमा वोल्दै प्रमुख आयुक्त बास्कोटाले निजी क्षेत्रले नेपालको सुचना प्रवाहको क्षेत्रमा सरकार संग सहकार्य गरेर राम्रो काम गरिरहेको वताए । आयुक्त बास्कोटाले नेपाल सरकारले हरेक निकाय र तहमा इन्टरनेटको प्रयोगबाट सेवाग्राहीलाई सरल र छिटो छरितो ढंगबाट सेवा दिइरहेको र यसलाई अझ तल्लो स्तर सम्म पु¥याउनका लागी क्यान इन्फोटेक जस्ता मेलाहरुले सहयोग पुग्ने समेत वताए ।

सो अवसरमा वोल्दै पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रविन्सन प्रजूले निजी संस्थाले आयोजना गर्ने मेलाहरुलाई सरकारले सहयोग गर्नुपर्ने वताउदै इन्टरनेटको युगमा क्यान इन्फोटेक मेलाले जनस्तरमा इन्टरनेटको बारेमा अझै पहुच पु¥याउन सहयोग पुग्ने वताए । सो अवसरमा वोल्दै कास्की प्रहरीका प्रहरी नायव उपरिक्षक खड्क बहादुर खत्रीले इन्टरनेटको बिस्तार संगै यसको दुरुपयोग वढिरहेको वताउदै प्रहरीलाई सघाउ पुग्ने खालका सफ्टवेयरहरु निर्माणमा समेत जोड दिनुपर्ने वताए ।

पोखराको प्रदर्शनी केन्द्रमा ४ दिन सम्म आयोजना गरिएको मेलामा ६० हजार वढी दर्शकले अवलोकन गरेका थिए । मेलामा बजारमा आएका विभिन्न विश्वविख्यात कम्पनीका कम्प्युटर, आइटीका विद्यार्थीहरुले निर्माण गरेको रोवर्टको प्रदर्शनी गरिएको थियो ।

यसैविच क्यान इन्फोटेक मेलामा पश्चिमाञ्चलमानै पहिलो पटक मोवाइल वितरक संघको संयोजनमा सम्पन्न मोवाइल एक्सपोमा १ करोड २५ लाख बरावरको मोवाइल बिक्री वितरण गरिएको मोवाइल वितरक संघ पोखराका अध्यक्ष शिवराज पहारीले जानकारी दिए । मोवाइल एक्सपोमा नया मोडेलका मोवाइल, फोरजी इन्टरनेट चल्ने मोवाइल सेट र ब्याट्री टिकाउने खालको मोवाइलहरु ग्राहकले मन पराएको पहारीले वताए ।

मेलामा राखिएको विश्वविख्यात विभिन्न १९ ब्राण्डका मोवाइलहरुको बिक्री वितरण तथा नया ब्राण्डहरुको वारेमा जानकारी दिइएको थियो । एक्सपो अवधिभर मोवाइल खरिदमा ब्राण्ड हेरी ५ देखि ५० प्रतिशत सम्म छुट प्रदान गरिएको थियो । मेला अवधिभर ७० हजार वढी दर्शकले प्रत्यक्ष अवलोकन गरेका थिए ।