पोर्चुगलमा “नेपाली सोसियल एण्ड कल्चरल एसोसियसन” गठन


योगेन्द्रमिलन छन्त्याल/पोर्चुगल

जाम्बुजेइरा र साओ तोतेनिओ क्षेत्रमा रहेका नेपालीहरुले”नेपाली सोसियल एण्ड कल्चरल एसोसियसन” को स्थापना गरेका छन् । जाम्बुजेइरा दु मारमा  शनिबार  सम्पन्न भेलाले एसोसियसनको स्थापना गरेको हो ।भेलामा सहभागीहरुले पोर्चुगलमा रहेका संघ संस्थाहरु नेपाली मरेपछि लाश बुझ्ने, फोटो खिचेर फेसबुकमा ट्याग गर्ने, राजनीति गर्ने, हजारौ गुनासा हुँदा पनि एउटै समस्याको निकास दिननसक्ने गरेको तीतो याथार्थ औल्याए ।

छलफलपछि सामाजिक तथा साँस्कृतिक क्रियाकलाप संचालन गर्ने, नेपालीहरुबीच सहयोग समन्वय र सद्भाव वृद्धि गर्ने, नेपाली र पोर्तुगीस समुदायबीच सेतुको काम गर्ने, नवागन्तुक नेपालीका लागि क्षमता अभिवृद्धि गर्नेलगायतका उद्देश्य राखेर एसोसियसन दर्ता गर्ने निर्णय गरिएको छ ।

एसोसियसनका लागि २४ सदस्सीय कार्यसमितिको निर्विरोध चयन भएको छ । अध्यक्षमा भुपेन्द्र बस्नेत, उपाध्यक्ष वृहस्पति कँडेल, सचिव मधुसुदन सापकोटा, सह सचिव प्रकाश पौडेल, कोषाध्यक्ष पेम्छिरी शेर्पा र सह कोषाध्यक्षमा सुनिता कुँवर रहेका छन् । सदस्यहरुमा रुपेश शाह, सूर्य शर्मा, पुनम बानियाँ, नन्दलाल कँडेल (रामु), राजकुमार उप्रेती, बासु सत्याल, ङ्वाङ्ग दावा शेर्पा, लक्ष्मण शर्मा, दुर्गा मल्ल, जीवन थापा, प्रवीण गिरी, राजन गुरुङ, विश्व घिमिरे, दावा शेर्पा, विनोद मरासिनी, डम्मर खत्री, बमबहादुर जीसी र निलकण्ठ घिमिरे रहेका छन् ।

संस्थाको विधान तयार गर्न प्रवीण गिरीको संयोजकत्वमा ४ सदस्सीय विधान मस्यौदा समिति बनाइएको छ । मस्यौदा समितिमा रुपेश शाह, सूर्य शर्मा र राजकुमार उप्रेती सदस्य रहेका छन् । संस्थाका लागि आर्थिक संकलन उपसमितिमा पेमछिरी शेर्पा संयोजक, दुर्गा मल्ल, नन्दलाल कँडेल, ङ्वाङ्ग दावा शेर्पा, रोशन तामाङ, विनोद मरासीनी र लक्ष्मण शर्मा सदस्य रहेका छन् ।

भेलाले राजन गुरुङ संयोजक र काजीमान गुरुङ उपसंयोजक रहेको खेलकूद उपसमिति र लक्ष्मण शर्मा संयोजक र दीपकराज गुरुङ उपसंयोजक रहेको साँस्कृतिक उपसमिति पनि गठन गरेको छ । भेलामा भुपेन्द्र बस्नेत, योगेन्द्रमिलन छन्त्याल, वृहस्पति कँडेल, प्रभास चौलागाईं, रुपेश शाह र प्रकाश पौडेल लगायतले आ-आफ्नो धारणा राखेका थिए । बासु सत्यालले कार्यक्रमको संचालन गरेका थिए ।