ल हेरौ आजका पत्रपत्रिकाको फ्रन्टपेज


राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता अधिवेशनसँग सम्बन्धित समाचारले शनिबार प्रकाशित अधिकांश दैनिक पत्रपत्रिकाको फ्रन्टपेजमा स्थान पाएको छ ।

कान्ति लोकपथ निर्माणको काम ६० वर्षमा १५ प्रतिशत मात्रै भएकोलाई मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकले राजधनीमा दिउँसै व्यापारी अपहरणमा परेको समाचारलाई फ्रन्टपेजमा छापेको छ । त्यस्तै, राप्रपाको महाधिवेशनको समाचारलाई प्राथमिकता साथ प्रकाशित गरेको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकमा डा. दिनेशचन्द्र पोखरेललाई ‘आईजीपीको पगरी आइलागेको’ समाचारले महत्व पाएको छ ।

एक युगमा पनि देशले समृद्धिको गति लिन नसकेको सन्दर्भमा नागरिक दैनिकले ‘खेर गएको एउटा युग’ शीर्षकमा मुख्य समाचार छापेको छ । त्यस्तै भार नथेग्दा चिल्लो सडक दुई वर्षमै छियाछिया भएको समाचारले पनि फन्टपेजमा प्रकाशित छ ।

प्रजातन्त्र दिवसको सन्दर्भमा ‘समावेशी बिहानी’ शीर्षकको समाचारलाई कान्तिपुरले विशेष महत्वका साथ प्रकाशित गरेको छ ।

राजधानी दैनिकले राष्ट्रपतिलाई आक्रमण गरे १० वर्ष कैद गर्ने ऐन विधायन समितिबाट पारित भएको समाचार र घर बनाइसकेका भूकम्पपीडितले एकमुष्ट तीन लाख रुपैयाँ राहत पाउने भएको समाचारलाई महत्वका साथ छापेको छ ।

नेपाल समाचार दैनिकले जेठमा स्थानीय चुनाव लगभग असम्भव भएको समाचारलाई प्राथमिकता दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन हुनेमा शंका नगर्न गरेको आग्रहलाई खास महत्वका साथ छापेको गोरखापत्र दैनिकले राजदूत नुहँदा कूटनीतिक सम्बन्ध प्रभावित भएकोृलाई एंकर बनाएको छ ।