परराष्ट्रमन्त्री महत र लक्जम्बर्गका प्रधानमन्त्रीबीच भेटबार्ता


हाल युरोप भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले लक्जम्बर्गका प्रधानमन्त्री ज्याभियर बेटेलसँग उहाँको कार्यकक्षमा भेटी लक्जम्बर्गले उपलब्ध गराउने अन्तर्राष्ट्रिय सहयोगको प्राथमिकता सूचीमा नेपाललाई पनि समावेश गर्न आग्रह गर्नुभएको छ ।

मन्त्री डा महतले आगामी दिनमा पनि नेपाललाई विशेषगरी पूर्वाधार निर्माण, सीप विकास र पुनःनिर्माणका क्षेत्रमा थप सहयोगका लागि आग्रह गर्नुभयो सो आग्रहपछि प्रधानमन्त्री बेटेलले नयाँ दिल्लीमा रहेको लक्जम्बर्ग दूतावास र बेल्जियममा रहेको नेपाली दूतावासमार्फत सो प्रक्रिया अगाडि बढाउने र नेपाललाई पनि सहयोगको प्राथमिकताको सूचीमा राख्नेबारेमा पुनःविचार गर्ने आश्वासन दिनुभएको छ ।unnamed-5प्रधानमन्त्री बेटेलले नेपाललाई दिइँदै आएको सहयोग निरन्तर रहने र थप सहयोगका क्षेत्रको विस्तारमा पनि आफूहरु सकारात्मक रहेको जानकारी दिनुभयो ।

हालसम्म लक्जम्बर्गले नेपाललाई युरोपेली सङ्घ र विभिन्न अन्तर्राष्ट्रिय सहयोग संस्थामार्फत विशेषगरी शिक्षा र स्वास्थ्यका क्षेत्रमा सहयोग पुरयाउँदै आएको छ ।

मन्त्री डा महत तथा लक्जम्बर्गका विदेशमन्त्री जिन असलबर्न र अन्तर्राष्ट्रिय विकासमन्त्री रोमेन सिडरसँग आजै भएको द्विपक्षीय भेटमा मन्त्री डा महतले नेपालमा लगानीको क्षेत्र विस्तारका साथै नेपालको बृहत्तर विकासमा सहयोगका लागि आग्रह गर्नुभएको थियो । मन्त्री डा महत आज नै बेल्जियमबाट लक्जम्बर्ग पुग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस