पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह जन्मोत्सव मनाउन सिमरामा (छापाबाट)


पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह बाराको सिमरा प्रस्थान गर्नुभएको छ । बिहीबार दिउँसो २ बजे बुद्ध एयरको विमानबाट उहाँहरु सिमरा पुग्नुभएको छ ।

भोलि शनिबार चितवनमा कोमलको जन्मोत्सव मनाउन उहाँहरु सिमरा जानुभएको हो । आज शुक्रकार बिहान १० बजे ब्रेकफास्ट लिएपछि उहाँहरु चितवन जाने कार्यक्रम रहेको छ ।

आफ्नै सवारी प्रयोग गरी सिमरा हुँदै चितवन जाने कार्यक्रम रहेको छ । प्रजातन्त्र दिवसको दिन फागुन ७ गते सबै परिवारका साथ कोमलको जन्मोत्सव मनाएपछि ८ गते पुन सिमरा फर्कने कार्यक्रम छ ।

उहाँहरुले प्रयोग गर्ने सबै सवारी साधन फागुन ४ गते नै सिमरा लगिएको थियो । आमा कोमलको जन्मोत्सवमा पारस शाह जाने या नजाने भन्ने टुङ्गो लागिसकेको छैन । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।