भ्यालेनटाइन बिशेष प्रेम गीत युरोपबाट सार्बजनिक


स्कटल्याण्ड/ बेल्जियम निबासी युवा गायक नारायण धितालको “देखे तिमीलाई” गीत भिडियो सहित सार्बजनिक भएको छ। भ्यालेनटाइन डे को अवसरमा प्रेमलाप कथा बोकेको गीत सार्वजनिक भएको हो। गायक कै शब्द तथा संगीत रहेको गीतको भिडियो छायांकन भने स्कटल्याण्डबाट गरिएको छ।दिपेश रेग्मीले निर्देशनमा बनेको भिडियोमा अन्जना घले र सुबास सापकोटाले अभिनय गरेका छन्।

झन्डै १५ बर्ष अघि नै गन्धर्ब संगीत पाठसलाम गायन र संगीतमा अध्ययन गरेका गायक धितालले यस अघि पनि दुई वटा आधुनिक एल्बमहरु बजारमा ल्याएका थिए। उनले बिक्रम सम्बत २०६० र २०६७ मा नै आफ्ना एल्बम मार्फत दर्शक स्रोता माँझ सुगम गीत संगीतका गीतहरु पस्केका थिए।