पुम्दीकोट महायज्ञको प्रचारको लागि कार ¥याली


पोखरा । पोखरा उपमहानगरपालिका वडा नं. २५ पुम्दीभुम्दीमा हुने महाशिब पुराण तथा धार्मिक पर्यटन महोत्सव २०७३ को प्रचार प्रसारको लागि शनिबार कार तथा मोटरसाईकल ¥यालीको आयोजना गरिएको छ।

विहान ९ वजे पोखरा १७ छोरेपाटनबाट सुरु भएको ¥यालीले पोखराको मुख्य स्थानहरुको परिक्रममा गरेको थियो । सो ¥याली विरौटा, राष्ट्र बैंक चोक, लेकसाईड, जिरो किमि, पृथ्वीचोक, वगर हुदैं महोत्सव स्थलसम्म पुगी समापन भएको थियो । ¥यालीमा स्वतःस्फुर्त रुपमा हजारौंको संख्यामा मोटरसाईकल तथा कारको ५ किमी लामो ¥याली भएको आयोजकले वताए ।
16706817_1449746265049318_794928015_n
पोखरा २५ पुम्दीभुम्दीमा अवस्थित पुम्दीकोट परिसरमा विशाल महादेवको मुर्ति निमार्ण गर्न आर्थिक संकलन गर्ने मुख्य उद्धेश्य रहेको उक्त महाशिब पुराण फागुन ३ गतेदेखि १३ गतेसम्म संचालन गरिने आयोजकले वताए ।

प्रत्येक दिन ७ वजेदेखि ८ वजेसम्म पाठ परायण, १० वजेदेखि ४ वजेसम्म कथा प्रवचन, झाँकी हुने सो महायज्ञमा विराट धनधान्य महापर्व, संगितमय भजन कृथन, कलश यात्रा, ब्रतबन्ध, लाखवत्ती बाल्ने, कर्ता, चौरासी पुजा, तुलादान, ग्रहशान्ति र भूमिदान समेत गर्ने व्यवस्था गरिएको छ ।

सम्बृद्धि र विकास, वेरोजगारी र विदेश पलायन हुनेहरुका लागि निकास भन्ने मुल नारका सथ सम्पन्न हुन गईरहेको महायज्ञ अवधिभर कार्यक्रम स्थलसम्म आउन जानको लागि छोरेपाटनदेखि पुम्दीकोटसम्म आयोजकले निशुल्क यातायातको व्यवस्था गरेको वताए ।
16736240_1449746211715990_706237741_n
पुम्दीकोटमा महादेवको १०८ फिट अग्लो मुर्ति स्थापना तथा समग्र भौतिक संरचना निर्माणको अभियानमा लागिएको मुल आयोजक समितिका अध्यक्ष चन्द्रकान्त वरालले वताए । ५ वर्षे वृहत योजना अन्र्तगतको उक्त कार्यको लागि नेपाल सरकारले पहिलो चरणको कार्यको लागि २० लाख विनियोजन गरिसकेको छ । महादेवको मुर्ति वरिपरि १०८ शिव लिड् निर्माण गर्ने र मुर्तिलाई डाई मार्फत गणेशले परिक्रमा गरिरहने सहितका मुर्ति, ध्यान केन्द्र, स्मृति पार्क, शहिद पार्क निर्माण गर्ने लगाएतको योजना रहेको सल्लाहकार राम्जी वराल जिवनले वताए ।