ल हेरौ आजका पत्रपत्रिकाको फ्रन्टपेज


आज आइतबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकामा प्रधानमन्त्री पुष्पकमल दाहाल दबाव र तनाव भएको समाचारदेखि अनिश्चयबीच दलहरु निर्वाचनको अभियानमा लागेकोसम्मका समाचारले फ्रन्टपेजमा स्थान पाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल तनाव र दबावमा भएकोलाई मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकले कालिकोटको कोटवाडामा पहिलोपटक हवाईजहाज पुगेको समाचारलाई फ्रन्टपेजमा स्थान दिएको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकमा सुरक्षा विज्ञ समितिले राष्ट्रिय सुरक्षा सचिवालयलाई सुदृढ बनाउन सुझाव दिएको समाचारलाई महत्व दिएको छ ।

सप्तरीस्थित गोबरगाढा गाउँवासीको पीडालाई मुख्य समाचार बनाएको नागरिक दैनिकले भोट खसाल्न जनता आतुर भएको समाचारलाई प्राथमिकता दिएको छ ।

कान्तिपुर दैनिकको फ्रन्टपेजमा एमाले-मोर्चा नजिकिएको विषयमा विश्लेषणात्मक समाचार छापिएको छ ।

राजधानी दैनिकले अनिश्चयबीच दलहरु निर्वाचन अभियानमा लागेको समाचारलाई महत्व दिएर प्रकाशित गरेको छ ।

न्यायालय सुधारका प्रतिवेदन कार्यान्वयन नभएको समाचार र जनयुद्ध दिवस ओझेलमा पर्दै गएको समाचारलाई गोरखापत्र दैनिकले फ्रन्टपेजमा छापेको छ ।

नेपाल समाचारपत्र दैनिकमा नेपाली नर्सहरुको पीडासम्बन्धी समाचारले महत्वपूर्ण स्थान पाएको छ । त्यस्तै ‘चुनावबाट को भाग्दै ?’ शीर्षकको समाचार पनि फ्रन्टपेजमा छापिएको छ ।
१
५
४
२
३