चर्च गएको भन्दै श्रीमतीको ज्यान लिने धम्की दिनेलाई जेल सजाय (छापाबाट)


आफूखुसी चर्च गएको भन्दै श्रीमतीको ज्यान लिने धम्की दिने एक भूतपूर्व गोर्खा सैनिकलाई बेलायती अदालतले आठ साताको जेल सजाय सुनाएको छ ।
हिवटबर्न रोडमा बस्ने ६४ बर्षीय कहरसिंह लिम्बूले आफ्नो १७ बर्षे छोराको सामुन्ने श्रीमतीलाई तरकारी काट्ने चक्कु देखाउँदै ज्यान लिने धम्की दिएका थिए ।

गत शुक्रबार स्विन्डनस्थित मजिस्ट्रेट कोर्ट कार्यालयका भएको सुनुवाइमा अभियोजन पक्षका वकिलले लिम्बूका छोराले प्रहरीलाई आफ्नो बुबाले आमालाई चर्च जान नदिने र गए ज्यानै लिने धम्की दिने गरेको बताएको जानकारी गराएका थिए ।

जुरीले सुरुमा १६ साताको जेल सजाय सुनाएकोमा कहरसिंहले पश्चात्ताप गरेपछि त्यसलाई घटाएर ८ सातामा झारेको थियो । उत्त, सजाय एक बर्षपछि मात्रै कार्यान्वयन हुनेछ । आजको कान्तिपुर दैनिकमा खबर छ ।