पुलिस र एपिएफ अन्र्तराष्ट्रिय भलिवल प्रतियोगिताको फाइनलमा


पोखरा-पुरुषमा नेपाल पुलिस क्लव र महिलामा सशस्त्र प्रहरी वलको एपिएफ क्लव पोखरामा जारी अन्र्तराष्ट्रिय महिला तथा पुरुष भलिवल प्रतियोगिताको उपाधि नजिक पुगेका छन् । बुधबार पोखरा रंगशालास्थित भलिवल टे«निङ सेन्टरमा भएको पुरुषतर्फको प्रतिष्पर्धामा सशस्त्र प्रहरी वलको एपिएफ क्लवलाई हराउँदै नेपाल पुलिस क्लव र महिलातर्फको खेलमा नेपाल पुलिस क्लवलाई हराउँदै सशस्त्र प्रहरी वलको एपिएफ क्लव फाइनलमा प्रवेश गरेका हुन् ।
बुधबारको पुरुषतर्फको खेलमा नेपाल पुलिस क्लवले सशस्त्र प्रहरी वलको एपिएफ क्लवलाई ३÷१ को सेटमा पराजित गर्दै । पुलिसले एपिएफलाई ३०–२८, १९–२५, २५–१६ र २५–१४ को सेटमा पराजित गरेको हो । सो खेलमा नेपाल पुलिस क्लवका कुलबहादुर थापा म्यान अफ दी म्याच भए ।

खेल समापनपछि पोष्ट म्याच कन्फरेन्समा बोल्दै बिजयी नेपाल पुलिस क्लवका प्रशिक्षक भरत साहले बिपक्षीको कमजोरी नियाल्दै उनीहरुको कमजोरीको फाइदा उठाउनसक्ने खेलाडी परिवर्तन गरेर खेलाउँदा जित निकाल्न सफल भएको प्रतिक्रिया दिए । उनले सिचुएसन अनुसारको योजना बनाउँदाको परिणाम नै जित भएको बताए ।

पराजित एपिएफ क्लवका प्रशिक्षक प्रकाश थपलियाले आफ्नो टिमको रिसिभ र डिफेन्स दुबै पक्ष कमजोर हुनु र भरपर्दो खेलाडी राजकुमार निरौला नचल्नुनै हारको कारण भएको बताए ।

त्यस्तै, बुधबार नै भएको महिलातर्फको सेमीफाइनलमा सशस्त्र प्रहरी वलको एपिएफ क्लवले नेपाल पुलिस क्लवलाई ३÷० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश ग¥यो । एपिएफले पुलिसलाई २५–१५, २५–१४ र २५–१५ को सेटमा पराजित गरेको हो । सो खेलमा एपिएफकी रेश्मा भण्डारी वुमन अफ दी म्याच भईन् ।

खेल समापनपछि पोष्ट म्याच कन्फरेन्समा बोल्दै बिजयी एपिएफ क्लवका प्रशिक्षक प्रकाश थपलियाले टिम स्पिरिटमा खेल्दा जित निस्केको बताए । घाईते नेविका चौधरीको सट्टामा बेञ्चमा बस्दै आएकी हिरा केसीले पनि उत्कृष्ट प्रदर्शन गर्दापनि जितमा सघाऊ पुगेको उनको भनाई छ ।
पराजित नेपाल पुलिस क्लवका प्रशिक्षक भरत साहले पुराना र नयाँलाई मिश्रण गरेर खेलाउँदा पराजित हुनुपरेको बताए । नयाँलाई खेल अनुभव कम हुनु नै हारको प्रमुख कारण रहेको उनको तर्क छ ।
प्रतियोगिता अन्तर्गत विहीबार बाँकी दुई सेमीफाइनल खेल हुनेछन् । बुधबारको सेमीफाइनलमा पुरुषतर्फ दिउँसो १२ः३० बजे नेपाल आर्मी र आयोजक पश्चिमाञ्चल तथा महिलातर्फ न्यू डायमण्ड एकेडेमी र आयोजक पश्चिमाञ्चल प्रतिष्पर्धामा उत्रिनेछन् ।

पश्चिमाञ्चल क्षेत्रीय भलिवल संघ पोखराको आयोजना तथा क्षेत्रीय खेलकुद विकास समितिको समन्वय, सृजना विकास केन्द्रको संयोजन, नेपाल भलिवल संघको तत्वावधान, कास्की जिल्ला खेलकुद विकास समितिको विशेष सहयोगमा गत शनिबारदेखी शुरु भएको प्रतियोगिता माघ २९ गतेसम्म सञ्चालन हुनेछ ।