पुरुषतर्फ एपिएफ र नेपाल प्रहरी तथा महिलातर्फ एपिएफ र न्यू डायमण्ड बिजयी


पोखरा- पोखरामा जारी अन्र्तराष्ट्रिय महिला तथा पुरुष भलिवल प्रतियोगिताको तेश्रो दिन पुरुषतर्फ सशस्त्र प्रहरी वलको एपिएफ र नेपाल प्रहरी तथा महिलातर्फ एपिएफ र न्यू डायमण्ड एकेडेमी बिजयी भएका छन् । सोमबार पोखरा रंगशालामा भएको प्रतिष्पर्धामा पुरुषतर्फ एपिएफले हेल्प नेपाल स्पोर्टस् क्लवलाई, नेपाल प्रहरीले आयोजक पश्चिमाञ्चल भलिवल संघलाई तथा महिलातर्फ सशस्त्र प्रहरी वलको एपिएफ क्लवले आयोजक पश्चिमाञ्चल भलिवल संघलाई र न्यू डायमण्ड एकेडेमीले नेपाल प्रहरीलाई पराजित गर्दै बिजयी भएका हुन् ।

प्रतियोगिता अन्तर्गत सोमबार पुरुषतर्फको पहिलो खेलमा एपिएफले हेल्प नेपाल स्पोर्ट्स् क्लवलाई ३÷१ को सेटमा पराजित ग¥यो । एपिएफले हेल्प नेपाल स्पोर्ट्स् क्लवलाई २५—२२, २५—१३, २०—२५ र २५—१९ ले पराजित गरेको हो । पुरुषतर्फको दोश्रो खेलमा नेपाल प्रहरीले आयोजक पश्चिमाञ्चल भलिवल संघलाई सोझो सेटमा पराजित ग¥यो । नेपाल प्रहरीले पश्चिमाञ्चललाई २५—११, २५—१९ र २५—१९ को सोझो सेटमा पराजित गरेको हो ।

महिलातर्फको पहिलो खेलमा सशस्त्र प्रहरी वलको एपिएफ क्लवले आयोजक पश्चिमाञ्चल भलिवल संघलाई सोझो सेटमा पराजित ग¥यो । एपिएफले पश्चिमाञ्चललाई २५—१७, २५—१० र २५—१९ को सेटमा पराजित गरेको हो । महिलातर्फको दोश्रो खेलमा न्यू डायमण्डले अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा नेपाल प्रहरीलाई ३÷२ को सेटमा पराजित ग¥यो । न्यू डायमण्डले नेपाल प्रहरीलाई १९—२५, २५—१४, २२—२५, २५—२० र १५—९ को सेटमा पराजित गरेको हो ।

यसअघी सोमबारको खेल तमुधिँ युकेका अध्यक्ष तथा सहारा क्लव युकेका सल्लाहकार ग्याम तमुले उद्घाटन गरेका थिए । सो अवसरमा उनले प्रतियोगिताका लागि पचास हजार रुपैयाँ क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेललाई प्रदान गरे ।

प्रतियोगिता अन्तर्गत मंगलबार पनि लिग चरणका चार खेल हुनेछन् । मंगलबार पूर्वाह्न ९ः३० बजे महिलातर्फ न्यू डायमण्ड एकेडेमी र भारतको उत्तर प्रदेश भलिवल संघ, पूर्वाह्न ११ः३० बजे पुरुषतर्फ आयोजक पश्चिमाञ्चल र भारतको उत्तर प्रदेश भलिवल संघ, दिउँसो १ः३० बजे महिलातर्फ आयोजक पश्चिमाञ्चल र त्रिभूवन आर्मी तथा ३ः३० बजे पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स् क्लव र त्रिभूवन आर्मी प्रतिष्पर्धामा उत्रिने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए ।

पश्चिमाञ्चल क्षेत्रीय भलिवल संघ पोखराको आयोजना तथा क्षेत्रीय खेलकुद विकास समितिको समन्वय, सृजना विकास केन्द्रको संयोजन, नेपाल भलिवल संघको तत्वावधान, कास्की जिल्ला खेलकुद विकास समितिको विशेष सहयोगमा शनिबारदेखी शुरु भएको प्रतियोगिता माघ २९ गतेसम्म सञ्चालन हुनेछ ।