अब पोखरामा प्रिपेड मोवाईलमा पनि ‘फोरजी’ सेवा


पोखरा- नेपाल टेलिकम (नेपाल दुरसंचार कम्पनी लिमिटेड) को १३ औं बार्षिकोत्सवको उपलक्ष्यमा आम पोखरेलीहरुलाई शनिबार देखि लागु हुने गरी प्रिपेड मोवाईलमा समेत ‘फोरजी’ चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा संचालनमा ल्याएको छ ।

पर्यटकीय नगरी पोखरामा केही सातादेखि नेपाल टेलिकमले पोस्पेड मोवाईलमा संचालन ल्याएको उक्त सेवा प्रिपेड मोवाईल प्रयोग कर्तालाई समेत यो सेवा बार्षिकोत्सवको अवसरमा काठमाण्डौं र पोखरामा संचालनमा ल्याएको हो । फोरजी सेवा संचालन गर्न स्टार ४४४ र ह्याज डायल गरे पछि मावाईलमा आएको निर्देशन अनुसार प्रिपेड मोवाईलकर्ताहरुले उक्त सेवा संचालन गर्न सक्ने नेपाल टेलिकम पोखरा शाखाका व्यापार अधिकृत राजेश रेग्मीले बताए ।

यसै बिच, नेपाल टेलिकम (नेपाल दुरसंचार कम्पनी लिमिटेड) को १३ औं बार्षिकोत्सवको उपलक्ष्यमा शनिबार पोखरामा प्रभात फेरी कार्यक्रम आयोजना गरीएको छ । नेपाल टेलिकम पोखरा शाखा कार्यालय रानीपौवाबाट सुरु भएको प्रभातफेरी महेन्द्रपुल, नयाँबजार, पृथ्बीचोक, सभागृहचोक, न्यूरोड, चिप्लेढुंगा हुदै पुनः रानीपौवामा पुगेर समापन भएको थियो । नेपाल टेलिकमका १० उत्कृष्ट कर्मचारी मध्य पोखराका एक कर्मचारी समेत सम्मानित हुने भएका छन ।

नेपाल टेलिकम पोखरा शाखाले तीन वटा विक्रेतालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा गोल्ड माईण्ड विज्नेश ग्रुप, सविता इृन्टरप्राईजेज र कन्टिनेन्टल मार्केटीङ रहेका छन । उनीहरुलाई सम्मानपत्रको साथमा दोसला र चाँदीको तक्मा समेत प्रदान गरीएको थियो । त्यसै गरी दृर्घसेवा पदकबाट सुवास पौडेल, पृतम गुरागाई, भरत वाँस्तोला, वसन्तराज लम्साल, खिसुदीन मिया र अमिर वस्निया रहेका छन । नेपाल टेलिकम पोखरा शाखाका प्रमुख नरेशकाजी शाक्यले सम्मानित तथा पुरस्कृत टीमलाई पुरस्कार वितरण गरेका थिए ।

त्यस्तैः नेपाल टेलिकम पोखरा शाखाका व्यापार अधिकृत राजेस रेग्मी राष्ट्रिय स्तरबाट सम्मानित हुने भएका हुन । नेपाल टेलिकमले १० जना उत्कृष्ट कर्मचारीलाई सम्मान गर्ने सुचिमा राखेको हो। राजधानिमा आयोजना भएको टेलिकमको औपचारीक कार्यक्रममा यस्तो घोषणा भएको हो ।