खाली पेटमा लिची खाँदा मानिसको मृत्यु हुनसक्ने (छापाबाट)


खाली पेटमा लिची खाँदा मानिसको मृत्यु हुनसक्ने एक वैज्ञानिक अनुसन्धानबाट देखिएको छ ।

अमेरिका र भारतका वैज्ञानिकहरुले सन् २०१४ मा भारतको विहारमा अनौठो रोगबाट मृत्यु भएको सन्दर्भमा गरेको अनुसन्धान रिपोर्ट मेडिकल जर्नल दि लेन्सेटमा प्रकाशित भएपछि सो कुराको खुलासा भएको छ ।

लिचीमा हाइपोग्लिकिन नामको तत्व हुने र त्यसले ग्लुकोज बन्न नदिने भएकाले बालबालिकाको मृत्यु भएको वैज्ञानिकहरुको तर्क छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।