ल हेरौ आजका दैनिक पत्रपत्रिकाको फ्रन्टपेज


आज बिहीबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकाहरुमा स्थानीय निर्वाचन घोषणाको तयारी, सम्भावना र चुनौती विषयका समाचारहरुले फ्रन्टपेजमा स्थान पाएका छन् ।

अन्नपूर्ण पोस्ट् दैनिकले दलहरुको कमजोरीका कारण तत्कालिन समयमा ज्ञानेन्द्र शाहले १५ महिना शासन गर्ने मौका पाएको विश्लेषणात्मक समाचारलाई मुख्य समाचार बनाएको छ । त्यस्तै सर्वोच्च अदालतले द्वन्द्वकालिन उजुरीसम्बन्धी मापदण्ड खारेज गरिदिएको समाचारलाई महत्व दिएको छ ।

नयाँ पत्रिका दैनिकले तत्काल चुनाव घोषणा भए के हुन्छ ? भनेर विश्लेषणत्मक समाचारलाई महत्वका साथ प्रकाशित गरेको छ । त्यस्तै भारतले नेपाललाई दिने अनुदान वृद्धि भएको समाचारले पनि फ्रन्टपेजमा स्थान पाएको छ ।

नागरिक दैनिकले निर्वाचन आयोगलाई चुनावको तयारी थाल्न सरकारले पत्र लख्ने समाचारलाई महत्व दिएको छ । त्यस्तै आतंकवादविरुद्ध नेपाल सक्रिय भएको समाचारले पनि स्थान पाएको छ ।

कान्तिपुर दैनिकले ‘चुनावको मिति तोकिँदै’ शीर्षकको समाचार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यसम्पादान खस्कँदै गएको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।

राजधानी दैनिकले एमालेले मधेशी जनताकै घरमा दुई साता होमस्टे गर्ने घोषणा गरको समाचारलाई प्राथमिकता दिएको छ ।

गोरखापत्र दैनिकले ‘पुनर्संचना प्रतिवेदन परिमार्जन गर्न सकिन्छ’ शीर्षकको समाचार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारका २४ हजार उजुरी परेको समाचारलाई महत्व दिएको छ ।

नेपाल समाचारपत्र दैनिकले सर्वोच्च अदालतले तामेली मापदण्ड खारेज गरेको समाचारलाई फ्रन्टपेजमा महत्वका साथ प्रकाशित गरेको छ ।
1
2
5
4
3