पत्रकार राईको आक्रमणको निन्दा गर्दै, युरोप शाखाको भत्सर्ना


बार्सिलोना/ नेपाल पत्रकार महासंघ युरोपले सिन्धुली खाडसाड स्थित कुडभिरमा अज्ञात समूहले पत्रकार माथि आक्रमण भएको भन्दै बिरोध जनाएको छ। नेपाल पत्रकार महासंघका साधरण सदस्य तथा किरात राई पत्रकार संघका पूर्व महासचिब भद्रगोल किराती ( मनोज कुमार राई ) माथि भएको आक्रमणको बिरोध जनाउँदै महासंघले छानबिनका लागि जोडदार माग गरेको हो।

युरोप शाखाका अध्यक्ष केजिन राई तथा महासचिब प्रकाश ढकालले बिज्ञप्ति जारी गर्दै अपराधिक कार्यको निन्दा गर्दै गम्भिर ध्यानआकर्षण भएको जनाएका छन्। श्रमजीबी पत्रकार माथि भएको आक्रमणको यथाशीघ्र छानबिन गर्दै दोषीलाई कडा कारबाही माग समेत युरोप शाखाले गरेको छ। पत्रकार राईको ज्यानको सुरक्षा  प्रबन्ध मिलाउँन युरोप शाखाले बिज्ञप्ति मार्फत नै सरकारसँग माग गरेको छ।

16468832_1586505941413130_940357110_n