जनसम्पर्क समिति डेनमार्कको अधिवेशनको तयारी हुँदै ।

१६५९ सदस्य बने । पदाधिकारीमा निर्वाचन हुन सक्ने


प्रकाश ढकाल ।

कोपनहेगन डेनमार्क । नेपाली जनसम्पर्क समिति डेनमार्कको चौथो अधिवेशनको लागि विभिन्न तयारीहरु गरिएको छ । यहि फेव्रुअरी ११ तारिकका दिन कोपनहेगनमा अधिवेशन उद्घाटन हुँदै छ । अधिवेशन भव्य र सफल पार्न कुनै कसर बाँकी नराखिने अध्यक्ष नवराज आचार्यले बताएका छन् अधिवेशनको लागि कांग्रेस नेता रामचन्द्र पौडेल डेनमार्क आउंदै छन् ।

यसअघी छानविन तथा अनुगमन समितिले प्राप्त सम्पूर्ण फारामहरुको कम्प्युटर प्रणालीमा राखिसकेको छानवीन तथा अनुगमन समितिका संयोजक तथा निवर्तमान अध्यक्ष रामचन्द्र पाठकले जानकारी दिएका छन् । उनले बताए अनुसार १६५९ सदस्यहरु पंजीकृत गरिएको छ ।

अधिवेशन मुल आयोजक समिति र सदस्यता नबिकरण तथा बितरण अनुगमन समितिले पंजीकृत तथा सुचिकृत सदस्यहरुको अन्तिम नामावली प्रकाशन भए पश्चात अधिवेशन नयाँ कार्य समिति चयनको प्रक्रिया तथा निर्वाचन कार्यक्रम अगाडी बढ्ने देखिएको छ । यसैगरी निर्वाचन निर्देशिका निर्माण भई पारित भैसको छ र योसंगै अब नेपाली जनसम्पर्क  समिति डेनमार्कको आगामी कार्यकालका लागि सभापति लगायत पदाधिकारीहरु र सदस्यहरुको उम्मेदवारी दर्ता प्रकृयाको  लागि बाटो समेत खुलेको छ ।

यसअघी नै विधान समितिले अधिवेसनमा प्रश्तुत गर्नेगरी विधान बनाइसकेको छ । विधान समितिका संयोजक विनय खतिवडाले जनाए अनुसार विधानमा अझै पनि सल्लाह र सुझाव आउने क्रम रहेकोले सकेसम्म सबैलाई मान्य र उत्कृष्ट विधान बनाउनेमा आँफु केन्द्रित रहेको बताए ।

पदाधिकारीमा निर्वाचन हुने सम्भावना धेरै

अध्यक्षका लागि चार जना आकांक्षी देखिएका छन् । महासमिति सदस्य बुद्धि सापकोटा, महाधिवेशन प्रतिनिधी दिपक राज रिजाल, सल्लाहाकारहरु विरेन्द्र सिंह कार्की र शैलेन्द्र अधिकारीको चर्चा रहेको छ भने अध्यक्षमा चर्चा बाहेकका अन्यले पनि मनोनयन हाल्न सक्ने संभावना पनि उत्तिक्कै रहेको देखिएको छ । ।  उपाध्यक्ष पदको लागि आठ जनाको नाम चर्चा चलेको छ । उपाध्यक्ष पद यसअघीका अधिवेशनमा ‘मिलाउने पद’ का रुपमा रहँदै आएको छ तर यसपाली त्यस्तो नहुने संकेत देखिएको छ । महामन्त्रीमा पनि चार जनाको नाम चर्चामा रहेको छ ।

निर्वाचन समितिले कार्यतालीका प्रकाशीत गरे लगत्तै मनोनयन दर्ताको प्रक्रिया चल्ने भएकोले कुन व्यक्ती कसरी उम्मेदवार बनेर प्रश्तुत हुँदै छन् भन्ने प्रष्ट हुने देखिएको छ ।