ल हेरौ आजका दैनिक पत्रपत्रिकाको फ्रन्टपेज


आज सोमबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले फरक-फरक समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् ।

नयाँ पत्रिका दैनिकले ‘स्थानीय निर्वाचन गर्न १३ अर्ब रुपैयाँ खर्च लाग्ने’लाई मुख्य समाचार बनाएको छ ।

राजधानी दैनिकले मधेशी मोर्चाले नमाने पनि निर्वाचनको घोषणा गर्ने तयारी भएको समाचारलाई महत्व दिएको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकले बैंकहरुले बचतको ब्याज दिन आनकानी गरेको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

कान्तिपुर दैनिकले विदेशबाट वर्सेनि हज्जारौं नेपालीको शब आउने गरेको समाचारलाई महत्व दिएको छ ।

नागरिक दैनिकले राजधानीका जीर्ण सडकले बढ्दो सवारी दुर्घटनालाई मुख्य समाचार बनाएको छ ।

गोरखापत्र दैनिकले सरकारले मधेशी मोर्चालाई वार्तामा बस्न आग्रह गरेको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।

1
6
5
2
4
3