ल हेरौ आजका दैनिक पत्रपत्रिकाको फ्रन्टपेज


आज बुधबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले सरकार र मधेशी मोर्चाबीच भएको बार्तामा सहमति जुट्न नसकेको विषयका समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् । त्यस्तै, सरकारी वकिलहरु आन्दोलन फिर्ता गरेर इजलास फर्किएको समाचारलाई धेरैजसो पत्रिकाले फ्रन्टपेजमा छापेका छन् ।

राजधानी दैनिकले ‘थ्रेसहोल्ड र संयुक्त चनाव चिह्न शीर्ष तहबाटै’ शीर्षकको समाचारलाई महत्वका साथ प्रकाशित गरेको छ । त्यस्तै एमालेले पार्टीको कार्यक्रममा औपचारिकता त्याग्दै गएको समाचारलाई पनि फ्रन्टपेजमा छापेको छ ।

नयाँ पत्रिका दैनिकले राजधानीका सडक बेहाल भएको समाचारलाई ब्यानर बनाएर प्रकाशित गरेको छ । त्यस्तै विदेश जाने कामदारलाई २७ लाखसम्मको बिमा दिने प्रधानमन्त्रीको घोषणालाई महत्वका साथ छापेको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकले गोरखाका स्वास्थ्यचौकीमा औषधि अभाव भएको समाचारलाई प्राथमिकता दिएको छ ।

नागरिक दैनिकले शोषणका कारण वैदेशिक रोजगारीमा गएकाहरुले आत्महत्या गर्ने क्रम बढेको समाचारलाई महत्वका साथ छापेको छ ।

कान्तिपुर दैनिकले स्थानीय तहमा महिला प्रमुख र उपप्रमुख अनिवार्य गरिएको समाचारलाई प्राथमिकता दिएको छ ।

गोरखापत्र दैनिकले वैदेशिक रोजगारीमा गएकोहरुको बिमा रकम दोब्बर पार्ने प्रधानमन्त्रीको घोषणासम्बन्धी समाचार र दशवटा नयाँ सहरको भौतिक पूर्वाधार निर्माण सुरु भएको समाचारलाई महत्व दिएको छ ।

नेपाल समाचारपत्र दैनिकले ‘विद्युत् चोर कर्मचारीको सम्पत्ति पनि छानविन हुने’ समाचारलाई फ्रन्टपेजमा छापेको छ ।
1
7
6
2
3
4
5