पोखरा उप–महानगरपालिको आर्थिक वर्ष २०७४/०७५ को बजेट १ अर्व २८ करोड


राजाराम पौडेल,पोखरा- पोखरा उपमहानगरपालिकाले विभिन्न योजनालाई पुरा गर्ने लक्ष्यसहित आर्थिक वर्ष २०७४/०७५ लागी १ अर्व २८ करोड ५५ लाख ९५ हजारको बजेट सार्वजनीक गरेको छ । पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुङगानाले २१ औं नगरपरिषदबाट पारित बजेट सार्वजनीक गदै समग्र पोखराको विकासबाट समृद्धि प्राप्तिको लक्ष्यलाई ठोस रुपमा अगाडी बढाउदै तर्जुमा भएका योजाहरुलाई प्रभावकारी र बैज्ञानिक कार्यान्वयन गर्न सवैको सहयोग मिल्ने विश्वास ब्यक्त गदै उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराको उपस्थितिमा बजेट सार्वजनिक गरे ।

विनियोजित बजेट अन्तर्गत पुर्वाधार तथा संरचना विकास तर्फ रु. ५६ करोड छुट्टाईएको छ । जनसंख्या तथा समाजिका विकास तर्फ ३७ करोड १६ लाख, कृषि तथा बन बातावरण तर्फ ९ करोड ९५ लाख ५५ हजार, भूमि तथा जलस्रोत तर्फ ३ करोड २२ लाख ९६ हजार, प्रशासन तथा संगठन तर्फ २२ करोड २१ लाख ४४ हजार छुट्टाईएको जानकारी दिए । चालु आर्थिक वर्षको भन्दा २०७४÷७५को बजेट ४७.१२ प्रतिशत बढि रहेको छ ।

नगरपालिकाले नीति तथा कार्यक्रम कार्यान्वयन गर्न आर्थिक वर्ष २०७४÷७५ मा स्थानिय करबाट रु १७ करोड ३२ लाख, सेवा शुल्कबाट रु ५ करोड ४० लाख ३५ हजार, दस्तुरबाट रु १५ करोड ५० लाख र अन्य आयबाट रु २४ करोड ४३ लाख ६० हजार गरि आन्तरीक आम्दानी रु ६२ करोड ६५ लाख ९५ हजार अनुमान गरिएको छ । जुन गत वर्षको तुलनामा ३२.१६ प्रतिशतले बढि हो । बाहय आय तर्फ ६५ करोड ९० लाख अनुमान गरिएको कार्यकारी अधिकृत ढुङगानाले बताए । आन्तरीक आम्दानी गत वर्षको तुलनामा ३२ दशमलव एक ५ प्रतिशतले बढी छ । वडास्तरीय योजना तर्जुमा गोष्ठीबाट माग भई आएका योजनाहरुको प्राथमिकीकरण गरी एउटा वडामा कम्तीमा ५० लाखदेखि १ करोड रुपैयाँसम्म पर्ने गरी वडास्तरीय तथा नगरस्तरीय योजनाहरुको लागि २४ करोड ५६ लाख प्रस्ताव गरिएको उनले बताए ।
nagarpalika1

आर्थिक वर्ष ०७४/०७५ का लागि तय गरिएका मुख्य नीति तथा कार्यक्रम

१. वडास्तरीय योजना तर्जुमा गोष्ठि वाट माग भई आएका योजनाहरुको प्राथमिकिकरण गरी एउटा वडामा कम्तीमा ७० लाख देखि १ करोड सम्म पर्ने गरी वडास्तरीय तथा नगरस्तरीय योजनाहरुको लागि रु. २४ करोड ५६ लाख प्रस्ताव गरेको छु । यसवाट नगर भित्रका साना तथा मझौला योजनाहरुको माग संवोधन गर्न सकिने विश्वास लिएको छु ।

२. नेपाल सरकार, नगरपालिका र जनसहभागितामा संचालन हुने ठुला पूर्वाधार निर्माण गर्न नगरक्षेत्र पूर्वाधार विकास कार्यक्रम, सडक वोर्ड नेपाल कार्यक्रम, EFLG कार्यक्रम, सडक मर्मत सम्भार कार्यक्रम लगायतका कार्यक्रम का लागि १० करोड ८० लाख प्रस्ताव गरेको छु यसवाट व्यवस्थित शहरीकरणका लागि जनअपेक्षित ठुला पूर्वाधार निर्माण हुने अपेक्षा गरेको छु ।

३. उपभोक्ता समितिको क्षमता विकास, सम्भाव्यता अध्ययन, ट्राफिक व्यवस्थापन, वडा नं: १८ विशेष कार्यक्रम, वडा कार्यालय भवन निर्माण, अधुरा योजना भुक्तानी, सार्वजनिक निजि साझेदारी, Right of Way Clearance, भवन निर्माण अनुगमन, सौन्र्दर्यीकरण, सडकमा रेलिङ्ग हाल्ने, अपाङ्गमैत्री संरचना निर्माण, लगायतका कार्यक्रमहरुलाई निरन्तरता दिईनेछ उक्त कार्यक्रमहरुको लागि रु. ७ करोड ३ लाख प्रस्ताव गरेको छु ।

४. सडकवत्ती व्यवस्थापन तथा जनसहभागितामा आधारित सौर्य सडकवत्ती कार्यक्रमको लागि रु. ७ करोड ५८ लाख प्रस्ताव गरेको छु । सौर्य सडक वत्तीको मर्मत सम्भारका लागि मर्मत कोष खडा गरी स्वचालित संयन्त्र निर्माण गरिनेछ । यसका लागि आवश्यक वजेट व्यवस्था गरेको छु ।

५. दैवी प्रकोप व्यवस्थापन तथा आकस्मिक पूर्वाधार निर्माणको लागि रु. ३ करोड प्रस्ताव गरेको छु यसवाट आकस्मिक रुपमा हुने दैवि प्रकोपको असर न्युनिकरण मा योगदान पुग्ने विश्वास लिएको छु ।

६. फेवाताल पोखराको गहना हो यसको संरक्षण उ.म.न.पा. को लागि चुनौती वन्दै गइरहेको छ । हाम्रो एक्लो प्रयासले यसको संरक्षण सम्भव छैन यद्यपि हामी आफ्नो स्रोतले भ्याएसम्म यसको संरक्षणको लागि प्रतिवद्ध छौं । फेवाताल संरक्षण सम्वद्र्धनमा निजि संस्थासंग सहकार्य गरिनेछ । फुट ट्रयाक वरिपरिका अतिक्रमण हटाइने छ, जग्गा अधिकरण गर्नुपर्ने देखिएकोमा नेपाल सरकारसंग अनुरोध गरिनेछ, हर्पन खोला चेक ड्याम निर्माणको लागि पहल गरिनेछ र आगामी आ.व. मा फेवाताल संरक्षणको लागि १ करोड प्रस्ताव गरेको छु ।

७. मापदण्ड विपरित निर्माण भएका संरचनाहरुको लगत संकलन गरिनेछ । सिंचाई तथा सडक कार्यालय संग समन्वय गरी कुलो तथा सडक अतिक्रमण विरुद्ध संकेत चिन्ह लगाउने तथा संरचना हटाउने अभियान संचालन गरिनेछ ।

८. हामीले महानगर वन्ने अवसर मात्र प्राप्त गरेका छैनौ सिङ्गो प्रदेश नं. ४ को केन्द्र तथा समृद्ध नेपालको अगुवाई गर्ने सु अवसर समेत प्राप्त गर्न लागेका छौ । टुक्रे र खुद्रा विकासले मात्र हाम्रो समृद्ध पोखराको लक्ष्य सफल हुन सक्दैन तसर्थ हामी केहीदिर्घकालिन, महत्वाकाक्षी तर संभव योजना यसै परिषद्वाट अगाडि सार्ने योजनामा छौ । वढ्दो ट्राफिक जामलाई ध्यानाकर्षण गर्दै अमरसिंह चोक–सिर्जना चोक Fly Over को सम्भाव्यता अध्ययन शुरु गरिनेछ, विजयपुर–वाग्लुंग राजमार्ग, तालचोक–विरौटा र कोत्रे खोला–विरौटा वाइपास रोड निर्माण कार्य अगाडि वढाइनेछ, पार्किङ्ग व्यवस्थापन, सेति र फिर्के कोरिडरको DPR तयार गरिनेछ । पोखराको वृहत्तर Master Plan तयार गरिनेछ । वृहत्तर पोखरको रिगं रोड निर्माण कार्यका लागिपहल गरिनेछ । कम्तिमा ३ वटा सार्वजनिक स्थानमा शुद्ध खानेपानीको व्यवस्था गरिनेछ, थप भएका वडाहरुमा लिंक रोड र कनेक्टिङ्ग रोड निर्माण गरिनेछ , घर नक्सा पास Online System मा लगिनेछ उल्लेखित कार्यक्रमको लागि रु. ३ करोड २० लाख प्रस्ताव गरेको छु । थप वजेटको लागि नेपाल सरकार तथा दातृ निकायसंग अनुरोध गरिनेछ ।

९.नगरक्षेत्रभित्र सडक मर्मत तथा सम्भारको लागि न.पा. को स्वचालित मर्मत संयन्त्र निर्माण गर्न र निर्माण सामग्रिको गुणस्तर कायम गर्न न. पा. को आफ्नै मर्मत इकाइ तथा प्रयोगशाला स्थापना गर्न आवश्यक वजेटको व्यवस्था गरेको छु ।

१०. पोखरा लेखनाथ साझेदारी, डुवान क्षेत्र व्यवस्थापन, कर्मचारी क्षमता विकास लगायतका कार्यक्रम संचालन गरिनेछ यसको लागि रु. २ करोड ३५ लाख विनियोजन गरेको छु ।

११. SMART Pokhara अवधारणा अगाडि वढाउन Online नक्सापास, Wifi Free Zone, नगर नक्शा, Mobile Application, Website Update, GPS System, Digital Atlas, CCTV, Digital Bus Stand निर्माण र Epay सम्भाव्यता अध्ययन लगायतका कार्यक्रमको लागि आवश्यक वजेट व्यवस्था गरेको छु ।

१२. तिव्वत सरकारको सहयोगमा हल्लनचोक विजयपुर सौर्य सडक वत्ती कार्यक्रम यसै आ. व. मा सम्पन्न गरिनेछ । गणेशमान सिंह मार्ग लाई नमुना सडकको रुपमा निर्माण कार्य यसै आ. व. मा अगाडि वढाइनेछ । यसको लागि वैदेशिक सहयोग, नेपाल सरकार अनुदान तथा न. पा वाट स्रोत परिचालन गर्ने व्यवस्था गरेको छु ।

१३. ग्रामिण वडाहरुमा निशुल्क स्वास्थ्य शिविर संचालन तथा औषधि वितरण एवं स्वास्थ्य सम्वन्धि वृहत अभियान यसै आ व. मा संचालन गरिनेछ ।

१४. हाम्रो अभिभारा, स्वच्छ, सुन्दर पोखरा भन्ने नारालाई सार्थक वनाउन तथा वातावरणमैत्री नगर निर्माण गर्न Green Pokhara अभियान अन्र्तगत आधुनिक पार्क निर्माण, वृक्षारोपण,कृषि, विकास, वातावरण तथा फोहरमैला व्यवस्थापन, नयाँ स्थान सहितको ल्याण्डफिल्ड सम्भाव्यता अध्ययन, अस्पतालजन्य फोहर व्यवस्थापन, क्षमता अभिवृद्धि कार्यक्रम, सम्पदा संरक्षण, प्लाष्टिक झोला र गिलास निषेध अनुगमन अन्य तालिम तथा जनचेतनामुलक कार्यक्रमका लागि रु. ७ करोड ७१ लाख विनियोजन गरेको छु साथै Waste to Energy को अवधारणालाई व्यबहारमा ल्याउने कार्यनीति अगाडि सारेको छु ।

१५. ग्रामिण क्षेत्रहरुलाई उप–महानगरपालिका घोषणा गरेर मात्र नगरपालिकाको अनुभुति हुन सक्दैन । ग्रामिण वडाहरुको समतामुलक विकासमा हामी सवेंदिनशिल छौं । ग्रामिण क्षेत्र विकास का लागि एक गाउं एक उत्पादन, कृषि क्षेत्र प्रर्वद्धन कार्यक्रम, राजश्व छुट कार्यक्रम, न्युन जनसहभागितामा पूर्वाधार निर्माण, खानेपानी, मुहान संरक्षण सम्वन्धि कार्य गर्नका लागि थप रु. ८० लाख विनियोजन गरेको छु ।

१६. पोखरा उप–महानगरपालिकाको वढ्दो प्रदुषणलाई ध्यानमा राखेर वातावरण मन्त्रालयको सहकार्यमा नगरक्षेत्रभित्र कुनै २ स्थानमा वायु प्रदुषण मापन केन्द्र स्थापना गर्न पहल गरिनेछ ।

१७. नेपालको संविधानले प्रत्याभुत गरेका वाल अधिकारलाई सुनिश्चतता गर्न वालमैत्री नगर निर्माणका लागि वालवालिका संरक्षण, वालमैत्री स्थानीय शासन, वाल शिक्षा तथा वाल अधिकार, वाल स्वास्थ्य, सम्वन्धी विभिन्न कार्यक्रमहरुको लागि रु. ५ करोड ४ लाख प्रस्ताव गरेको छु ।

१८. महिला शसक्तिकरण, महिला उत्थान तथा अन्य महिला मैत्री कार्यक्रम तथा लक्षित समुदायसंग सम्वन्धित विविध योजना हरुको लागि रु. १ करोड १८ लाख ३६ हजार प्रस्ताव गरेको छु ।

१९. जनजाति, दलित, जेष्ठ नागरिक, पिछडिएको क्षेत्र, यौनिक अल्पसंख्यक, अपाङ्ग, तेस्रो लिंगीलक्षित कार्यक्रम, संस्कृति संरक्षण, युवा–खेलकुद लगायतका कार्यक्रम तथा संचार क्षेत्र सुदृढिकरणका लागि रु. १ करोड ३३ लाख ६९ हजार प्रस्ताव गरेको छु । यसै गरि अन्य प्रवद्र्धनात्मक कार्यक्रमको लागि रु. १ करोड ५९ लाख ९५ हजार प्रस्ताव गरेको छु ।सामाजिक सुरक्षा भत्ता वितरण प्रणाली सहज र विकेन्द्रित गर्ने व्यवस्था गरेको छु ।

२०. नगरक्षेत्र भित्रका सामाजिक, ऐतिहासिक, सांस्कृतिक सम्पदाहरुको संरक्षणमा विशेष पहल गरिनेछ । पर्यटन प्रवद्र्धन विशेष कार्यक्रममा संचालन गरिनेछ । सरोकारवाला संघ संस्था तथा नेपाल दुरसंचार प्राधिकरणसंगको सहकार्यमा लेकसाइडको विशेष क्षेत्रलाई WIFI FREE ZONE को रुपमा विकास गरिनेछ ।

२१. भगिनी सम्वन्ध स्थापनालाई वस्तुगत वनाइने छ । वैदेशिक सहायता परिचालन, वाणिज्य तथा व्यापारको सम्भावना, प्रविधि हस्तान्तरण तथा पर्यटन प्रर्वद्धन संग आवद्ध गरिनेछ ।

२२. करको दायरामा नआएका क्षेत्र तथा करदाता पहिचान गरी दायरामा ल्याउन कर अभियान तत्काल सुरु गरिने छ । घर वहाल, पर्यटन जस्ताक्षेत्रलाई करको दायरामा ल्याइनेछ र विद्यमान एकिकृत सम्पति करलाई समयानुकुल परिमार्जन गरिनेछ ।

२३. कर संकलन तथा अन्य क्षेत्रमा पोखरा उद्योग वाणिज्य संघ संग गरिएका सहकार्यलाई निरन्तरता दिइनेछ तथा उत्कृष्ठ र ठुला करदातालाई न.पा.को वार्षिकोत्सवमा सम्मान गरिनेछ ।

२४. पोखरा नगरक्षेत्रको पर्यटकिय सम्पदाहरु महेन्द्र गुफा, फेवाताल, मठ मन्दिर, David’s Falls, गुप्तेश्वर गुफा, सराङ्गकोट, आदि जस्ता पर्यटकिय स्थानहरु तथा प्याराग्लाइडिङ्ग, अल्ट्रा लाइट, वन्जि जम्प, जिप फ्लाएरआदि जस्ता साहसिक पर्यटनवाट हुने आम्दानीलाई उप–महानगरपालिकाको करको दायरमा ल्याइने छ । पोखरा सभागृह संचालन तथा मर्मतका लागि विशेष पहल गरिनेछ ।

२५. पोखरा उप–महानगरपालिका क्षेत्र भित्रको सार्वजनिक, पर्ति, ऐलानी जग्गाको लगत तयार गरी संरक्षण गर्न विशेष कार्यक्रम संचालन गरिनेछ । सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरुलाई शुन्य शहनसिलता नीति अवलम्वन गरिनेछ । सवै वडाहरुमा खुल्ला क्षेत्रको पहिचान गरी व्यवस्थापन गरिनेछ । सरकारी तथा सामुदायिक भवनहरुको नक्सापास अनुमतिलाई कडाइका साथ लागु गरिनेछ । नक्सा पास नगरी निर्माण गरिएको सार्वजनिक, सामुदायिक भवनमा शुन्य लगानीको नीति अवलम्वन गरिने छ ।

२६.सेवा केन्द्रको स्थापना गरी सेवा सुविधालाई नगरवासिको घरदैलोमा पु¥याइने छ । वडा कार्यालयवाट प्रवाह गरिने सेवाहरुलाई विस्तार गरी सेवा प्रवाहमा नागरीकको पहुँचको सुनिश्चीतता गरिनेछ तथा जनगुनासो संवोधन, नागरीक वडापत्रको कार्यान्वयन, सार्वजनिक सुनुवाई तथा सार्वजनिक परिक्षणलाई व्यवस्थित गरी पारदर्शिता, जवाफदेहिता र जन उत्तरदायित्व प्रति प्रतिवद्ध रहने व्यवस्था मिलाइनेछ ।