ल हेरौ आजका दैनिक पत्रपत्रिकाको फ्रन्टपेज


आज काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकाहरुले फरक-फरक समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् ।

नयाँ पत्रिका दैनिकले भिसा अनुमति सकिएपछि पनि बसिरहेकालाई एक वर्ष र अन्य अपराधमा संलग्नलाई १० वर्षसम्म नेपाल आउन नपाउने गरी ५१ देशका ३ सय ३९ नागरिकलाई निष्कासित गरेको समाचारलाई मुख्य समाचार बनाएको छ । त्यसैगरी संघीयतामा सेनाको संरचनाबारे अन्यौल कायमै रहेको, अपांगता भएकी महिलाको भरमा ६ दृष्टिविहीन र १० बालबिालका भएको समाचारलाई महत्वका साथ प्रकाशित गरेको छ ।

नागरिक दैनिकले परिवारमा काम गर्ने मानिस दृष्टिविहीन भएपछि १० बालबालिकाको विचल्ली भएको, भूमाफियाले वन सखाप पारेको र सुन तस्करीमा नेपाल भारतीयको मिलेमतो भएको समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ ।

राजधानी दैनिकले सरकार विस्तार गरी संशोधन प्रस्तावको पक्षमा दुई तिहाइ मत पुर्‍याउने कसरत भएको, स्थानीय तहभित्र संरक्षित र स्वयत्त क्षेत्रको गृहकार्य भएको समाचारलाई महत्वपूर्ण स्थान दिएको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकले संसदको गाडी दुरुपयोग भएको, सरकारी कर्मचारी समायोजनको तयारी भएको र खेलग्राम बनाउन जग्गाको खोजी भइरहेको समाचारलाई फ्रन्टपेजमा स्थान दिएको छ ।

कान्तिपुर दैनिकले सरकारी खातामा २ खर्ब भएर पनि बजारमा पैसाको चरम अभाव भएको, निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको र गरिबी परिचयपत्र वैशाखबाट वितरण हुने समाचारलाई महत्वका सथ प्रकाशित गरेको छ ।
1
2
3
4
5
6
7
6

नेपाल समाचारपत्र दैनिकले सुन काण्डमा अरु पनि तनिँदै र संविधान संशोधन प्रस्ताव १५ दिनभित्र टुंग्याउने तयारी भएको समाचारलाई महत्व दिएको छ ।

गोरखापत्र दैनिकले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रेस लोकतन्त्रको आधारस्तम्भ भएको बताएको र करिब डेढ लाख स्मार्ट कार्ड लाइसेन्स वितरण भएको समाचारलाई फ्रन्टपेजमा स्थान दिएको छ ।