दलहरुका वीचमा सहमती र एकता आवश्यक : काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल


राजाराम पौडेल,पोखरा- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संसोधन प्रस्ताव छलफलका लागी संसदमा पेश भैसकेकाले अवको प्राथमिकता निर्वाचन भएको बताएका छन् । नेपाल महिला संघ केन्द्रीय समितिले बुधबारदेखि पोखरामा आयोजना गरेको ‘हामी नेतृत्व गर्न सक्षम छौ ’ निर्वाचन तथा महिला अधिकार सम्वन्धि नेतृत्व विकास तालीमको उद्घाटन गदै नेता पौडेलले निर्वाचनका लागी दलहरुवीच राष्ट्रिय सहमती र एकता कायम गरेर अगाडी बढनुपर्ने बताए। उनले अव स्थानिय तहको निवाचन हुनुपर्ने बताए ।

उनले संविधान संसोधन प्रस्ताव ल्याउने विषयमा मधेशी दलहरुले संसदमा प्रस्ताव टेबल भए निर्वाचनका लागी सहयोग गर्ने प्रतिबद्धता जनाएको बताउदै अव मधेशी दलहरुले पनि निर्वाचनको वातावरण बनाउनुपर्ने बताए । ‘संसोधन ल्याउदा मधेशबादी दलहरुले टेबल होस निर्वाचनका लागी सहयोग गर्ने तयार छौ भनेर कबुल गर्नुभएको थियो, अव हिजोको बाचा पुरा गरेर निवाचनको बातावरण बनाउन मद्धत गर्नुपर्छ ’उनले भने । नेता पौडेलले संविधान संसोधन प्रक्रिया अगाडी बढेकाले निवाचन प्राथमिकता हुनुपर्ने बताए। निर्वाचन गर्नका लागी दलहरुका वीचमा सहमती र एकता आवश्यक रहेको बताउदै मधेशी दलहरुलाई पनि इमान्दार भएर निवाचनको पक्षमा लाग्न उनले आग्रह गरे ।