ल हेरौ आजका दैनिक पत्रपत्रिकाको फ्रन्टपेज


आज काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकाहरुले फरक-फरक समाचारलाई फ्रन्टपेजमा छापेका छन् ।

नयाँ पत्रिका दैनिकले संसदमा सांसदहरु नबसेको, सरकारलाई डाक्टरहरुको अभाव भएको र किसानलाई सरकारले २५ सय रुपैयाँ पेन्सनको व्यवस्था गरेको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकले पनि संसदबाट सांसदहरु बेपत्ता भएको, प्रधानन्यायाधीशको निर्देशनमा घूस आरोपी कर्मचारी छाडिएको र उर्जा मन्त्रालयले जलविद्युतमा महत्वाकांक्षी योजना ल्याएको समाचारलाई महत्वका साथ प्रकाशित गरेको छ ।

राजधानी दैनिकले कोरम नपुगेर संसद वैठक स्थगित भएको र निलम्बित सांसद सञ्जय साहविरुद्ध ३१ करोडको भ्रष्टाचार मुद्दा लागेको समाचारलाई प्राथमिकता दिएको छ ।

गोरखापत्र दैनिकले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय एकाताका लागि संविधान संशोधन प्रस्ताव ल्याएको बताएको र संसदमा प्रधानमन्त्री र मन्त्रीसँग सांसदले सीधा प्रश्न गर्न पाउने समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ ।

कान्तिपुर दैनिकले चन्द्रागिरीका भौतिक संरचना नक्सापासबिनै बनाएको र निर्वाचनसम्बन्धी विधेयक अघि बढेको समाचारलाई महत्व दिएको छ ।

नागरिक दैनिकले स्तारोन्नती हुँदै गरेको नागडुंगा-त्रिपुरेश्वर सडकको १२ किलोमिटरमा २५ वटा स्टेअर्डर जारी भएको र मुलुक स्थानीय निर्वाचन उन्मुख भएको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।
1
2
3
4