शर्मिला बर्देवाले ल्याईन् “माया जाल” (भिडियो)


बेलायत निबासी चर्चित गायिका शर्मिला बर्देवाले नयाँ वर्षको अबसरमा दर्शक श्रोतालाई नयाँ सांगीतिक उपहार लिएर आएकी छन् । बर्देवाले गाएको माया जाल…गीतको म्यूजिक भिडियो गत साता लन्डनमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।

उक्त गीत कोमल मल्लले लेखेका हुन् भने कम्पोज एवं एरेन्ज किरण भण्डारीले गरेका छन्। भिडियो बेलायतस्थित सञ्चारकर्मी कुशल श्रेष्ठले निर्देशन गरेका हुन् । के के मूभिज प्रोडक्सन यूकेका डिओपी श्रेष्ठले बेलायतमा सिमित श्रोत र साधनबाट भिडियो बनाउनुपर्ने वाध्यता सुनाउंदै आफूले सकेसम्म नयाँ प्रयोग गर्ने  प्रयास गरेको बताए । उनले बिकेस बस्नेतसहित प्रमिला केसीलाई पहिलोपटक भिडियोमा मोडलका रुपमा प्रस्तुत गरेका छन् ।

म्यूजिक भिडियो सार्वजनिकीकरण कार्यक्रममा बर्देवाले व्यस्तता बाबजुद श्रोतामाझ नयाँ गीतहरु पस्कने आफ्नो प्रयास निरन्तर जारी राख्ने बताइन् ।बर्देवाले केही महिना अघिमात्र नृपेश उप्रेतीको शब्द रहेको मेरो ठुम्कामा मर्छन् हजार…गीत युट्युबमार्फत सार्वजनिक गरेकी थिइन् ।