नेपालले आफनै भु उपग्रह राख्न लागेको छ : सुचना तथा संचार मन्त्री कार्की


राजाराम पौडेल, पोखरा-सुचना तथा संचार मन्त्री सुरेन्द्र कुमार कार्कीले आप्नो भुउपग्रह नहुदा प्रत्येक बर्ष अरबौ अमेरिकी डल विदेशी रहेको बताउदै आफनै भु उपग्रह राख्न लागिएको बताएका छन् । नेपाल टेलिकमले पोखराको छिनेडाँडामा निर्माण गरि संचालनमा ल्याएको टेलिफोन एक्सचेन्जको आइतबार उद्घाटन गदै मन्त्री कार्कीले संचार सुविधाको लागि आकाशमा आप्mनै भुउपग्रह राख्न लागिएको जानकारी दिए ।

सरकारले अज आकाशमा पनि सुर्यचन्द्र अंङकीत रातो झण्डा फहराउने तयारी गरिरहेको बताए । उनले जमिन र पानी भन्दा पनि आकाश महंगो भन्दै नेपाल टेलिकमको पूर्वाधार र सक्षम जनशक्तिलाई भरपुर उपयोग गरेर देशका दुरदराका जनताको पहुँचमा संचार सेवा पु¥याउर्ने तयारीका साथ लागि रहेको बताए । उनले देशको विकासका लागी सुचना तथा संचार क्षेत्रमा जोड दिनुपर्ने बताउदै नेपाल टेलिकमको सेवा गुणस्तरीय हुनुपर्नेमा जोड दिए । ‘टेलिकमको सेवा गुणस्तर प्रभावकरी हुर्नुपर्छ ।’ उनले टेलिकमले अन्य सेवा संचालन गर्न पनि लगानी गर्न पाउनु पर्ने बताए । पोखरा पर्यटकीय शहर भएकाले सुचना र प्रविधिको पहुचसंगै पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे । ‘सुचना प्राविधिको युगमा यस्ता सेवाले पर्यटन विकासमा महत्वपूर्ण सहयोग पुग्नेछ ।’

पोखरा सुन्दर र पर्यटकीय शहर छ, प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरा पर्यटकीय राजधानी भएको बताउदै पर्यटन विकासमा संचारको महत्वपूर्ण भूमिका हुने छ भने । उनले पोखरामा निर्माणाधिन विमानस्थलले पर्यटनको क्षेत्रमा भुमिका खेल्ने समेत बताए । कार्यक्रममा व्यवस्थापितका संसद विकास समितिका सभापति रविन्द्र अधिकारीले नेपाललाई फ्रि वाइफाई जोन बनाउन आग्रह गरे । ‘नेपाललाई सुचना प्रविधिसंग जोडन र समय सापेक्ष बनाउन फ्रि वाइफाई जोन बनाउनु आवश्यक छ ।’ उनले नेपाल टेलिकमले आफनो सेवालाई समय सापेक्ष र गुणस्तरीय बनाउदै लैजानुपर्नेमा जोड दिए । नेपाल टेलिकमका प्रमुख निर्देशक कामिनी राजभण्डारीले नेपाल टेलिकमले नविनतम प्रविधिको उपयोग गदै संचारको क्षेत्रमा सेवा प्रदान गर्दै आएको र आगामी दिनमा थप गुणस्तरी बनाउदै लैजाने बताए ।