काठमाडौ,तान्जानिया र मस्को पछि सरसर्ती संसारको लण्डन बिमोचन


लण्डन/ नियात्राकार जीबा लामिछानेद्वारा लिखित पुस्तक सरसर्ती संसारको काठमाडौ,तान्जानिया र मस्को बिमोचन पछि लण्डनमा एउटा भव्य समारोहबीच लोकार्पण भएको  छ। गैर आबासीय नेपाली संघका पुर्ब अध्यक्ष समेत रहेका लामिछानेद्वारा लिखित पुस्तकको बेलायत स्थित नेपाली समुदायको बाक्लो उपस्थिति बीच आईतबार बिमोचन भएको हो।

बिमोचन समारोहमा बोल्दै बेलायतकालागि नेपाली राजदूत तथा कवि डा दुर्गाबहादुर (दुबसु) क्षेत्रीले लामिछाने एक बहुआयामिक प्रतिभाको धनी भएको बताए।  एकजना सफल व्यवसायी, समाजसेवी, नेपाली भाषा तथा साहित्यसेवी र गैरआवासीय नेपाली अभियानका अभियन्ताबाहेक लामिछानेले लेखकको पनि पहिचान बनाएको उनले बताए। नेपाल ब्रिटेन डटकमले आयोजना गरेको कार्यक्रममा बेलायत स्थित संघ संस्थाका प्रतिनिधि,बुद्दिजिबी,एनआरएन अगुवाहरू,साहित्यकार,पत्रकार लगायतले शुभकामाना ब्यक्त गरेका थिए।

कार्यक्रममा लेखक लामिछानेले पाठकहरुले किनेका पुस्तकप्रतिहरुमा हस्ताक्षर गर्नुका साथै आफ्नो मन्तव्य व्यक्त गरे। लण्डनमा पुस्तक बिक्रीबाट संकलित रकम बागलुङ जिल्लामा एम्बुलेन्स किन्न सहयोगस्वरुप प्रदान गरिने पनि घोषणा गरिएको थियो।