सरकारले माग अनुसारको सुन उपलव्ध नगराए व्यवसाय वन्द गर्छौ : अध्यक्ष विक


राजाराम पौडेल,पोखरा- सून चादी व्यवसाय ऐन नहुदा सुन चादी व्यवसायमा आयात, निर्यात र सुरक्षामा चुनौती थपिने गरेको व्यवसायीहरुले वताएका छन् । सुनचादी व्यवसायी संघ कास्कीको शनिवार पोखरामा भएको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनका सहभागिहरुले ऐन नियम नहुँदा आवश्यक कच्चा पदार्थको अभावमा सुनचादी व्यवसाय नै संकटमा पर्न थालेको वताए । देसभर अहिले २२ हजार व्यवसायीले सुनचादी व्यवसाय संचालन गर्दै आएका छन् ।

सरकारले सुन चादी व्यवसाय ऐन÷निर्देशिका वनाउन २०७० सालमा पहल गरेपनी सरकारले गाम्भिर्यता नदेखाउदा निर्देशिकाले पुर्णता पाउन सकेको छैन् ।अधिवेशनको उद्घाटन गर्दै नेपाल सुनचादी व्यवसायी महासंघका अध्यक्ष मोहन कुमार विकले प्रस्तावित नियमावलीमा जर्ती र ज्यालालाई खुल्ला हुनुपर्छ भनेर महासंघले प्रस्तावीत नियमावलीलाई सुधार गरी अघि वढाएको वताए । यस अघि प्रस्तावीत निर्देशिकामा जर्ती ९ प्रतिशत र ज्याला खुल्ला हुनुपर्छ भनेर किटान गरिएको थियो । आफूहरुले प्रस्ताव गरेको भन्दा फरक खाले निर्देशिका जारी गरे त्यस्लाई अस्विकार गर्ने भन्दै उनले व्यवसायीक संरक्षण ऐन नवन्दासमम व्यवसायीक वातावरण वन्न नसक्ने दावी गरे । ‘राज्यले खुल्ला अर्थतन्त्रको नीति अवलम्वन गरेको पनी झण्डै तीन दसक पुग्न लाग्यो,नेपालका सुनचादी व्यवसायीहरु अझैपनी सरकारले लादेको नियन्त्रीत अर्थनीतिवाट पिडितछन्’ –उनले भने –‘ व्यवसायीलाई सुनको अभाव हुँदा समेत सरकारले वेवास्ता गर्ने गरेको आरोप लगाए ।

सुन अभावमा उपभोक्ताले माग अनुसारको सामान पाउन नसकेको र केही वढी मूल्य तिरेर किन्न वाध्य भएको उनको भनाई थियो । माग अनुसारको सुन सरकारले उपलव्ध नगराए आँफूहरुले व्यवसाय नै वन्दगरिदिने उनको चेतावनी थियो । ‘माग अनुसारको कच्चा पदार्थ नदिएक व्यवसाय वन्द गरिदिन्छौं । कच्चा पदाथृको अभावमा व्यवसाय संचालन गर्नेेपर्छ भन्ने छैन’– उनले भने । सूनको कोटा सिस्टम अन्त्य गरी व्यवासायीहरुले नै खुल्ला आयात गर्न पाउनुपर्नेमा उनको जोड थियो । सून चादी व्यवसायी महासंघ अन्तर्गत अहिले नेपाल राष्ट्रवैंकले दैनिक १५ केजी सुन वितरण गर्दै आएको छ । देसभरका २२ हजार व्यवसायीका लागी यो अपर्याप्त रहदै आएको छ । अहिले दैनिक २५ देखी ३५ किलो सुनको माग रहेको व्यवसायीहरुले वताउदै आएका छन् । सिजनमा दैनिक ५० किलो र अफसिजनमा १५÷२० किलो गरि वितरण गर्न व्यवसायीको सुझाव छ ।महासंघका उपाध्यक्ष अर्जुन रसाईलीले सुन चादी व्यवसायीलाई रुपान्तरण र परिवर्तनकालागी विकृतीमय वनाउन तथा विक्रिवितरणमा विकेन्द्रीकरण गर्न जिल्लादेखी केन्द्रसम्म लाग्नुपर्नेमा जोड दिए । उनले विद्यमान कानूनलाई संसोधन गरि सुनचादीलाई नगद सरहको मान्यता दिए सुनचोरीका मुद्धामा कमी आउने विश्वास व्यक्त गरे ।अर्का उपाध्यक्ष मोहन शाक्यले राज्यले तेस्रो मूलुकवाट ल्याएको गरगहनालाई दुईनंवरी भन्नु गलत भएको दावी गरे ।

महासंघका उपाध्यक्ष ज्ञानेन्द्र शाक्यले व्यवसायीक समस्या समाधानका लागी सवैको सहयोग र सल्लाहले अघि वढ्ने वताए । महासंघका वैकल्पीक उपाध्यक्ष रामजी शाहले व्यवसायीलाई ढुक्क भएर व्यवसाय गर्ने वातावरण सृजना गर्न सरकारसँग आग्रह गरे । आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख लेखनाथ शर्माले स्वच्छ व्यवसाय गर्न र सहि हिसावले लेखा प्रणाली राखेर विजविजकीकरण राख्न व्यवसायीलाई आग्रह गरे । उनले व्यवसायीलाई आवश्यक परे कर शिक्षा कार्यक्रम संचालन गर्न आँफूले सहहयोग गर्ने वताए ।सभासद शारदा पौडेलले ऐन नियम निर्माणकालागी महासंघ सँग समन्वय गरी अगाडी वढ्न सदनमा सुझाव प्रस्तुत गर्ने वताईन् ।एमाले कास्कीका कार्यालय सचिव वैन वहादुर क्षेत्रीले देसको समृद्धिका लागी सरकारले नीजिक्षेत्रको समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिए ।

पश्चिमाञ्चल उद्योग वाणिज्य महासंघका अध्यक्ष संजिव वहादुर कोईरालाले राज्यले चाहे व्यवसायीले वजारमा निर्वाध रुपले सुन आयात गर्नसक्ने वातावरण वन्ने वताए । उनले सुनवाट वन्ने गरगहनालाई उद्योग तर्फलानसके उद्योगको कच्चापदार्थ उपलव्ध गराउन सरकार वाध्यकारी हुने सुझाव दिए । पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्कीले खुल्ला वजार अर्थनीतिमा व्यवसायीले आँफै सुन आयात गर्न नपाउनु खुल्ला अर्थतन्त्रकै विपक्षमा भएको वताए ।संघका अध्यक्ष चन्द्र किशोर गौतमको अध्यक्षतामा भएको कार्यक्रममा हस्तकला व्यवसायी संघकी हिरा भट्टराई, संघका म्याग्दी जिल्ला अध्यक्ष दिपेन्द्र विक, महासंघका केन्द्रीय सदस्य जुमलाल विक लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।