बेलायतमा संकलन गरिएको २८ लाख रुपैयाँ नगद सहित मीरा राई सम्मानित


अल्ट्राधाविका मीरा राई २८ लाख रुपैयाँ नगदसहित सम्मानित भएकी छन् ।विहीबार झापाको दमकमा भएको एक समारोहकाबीच धाविका राई नगद सहित सम्मानित भएकी हुन्।बेलायतमा रहेको सगरमाथा तेक्वान्दो डोजाङको पहलमा त्यहाँको किरात राई यायोख्खा, जेन मार्शल आर्ट एकेडेमी, भोजपुर समाज र नेपाल युथ अर्गनाईजेशनले सहयोग रकम जुटाएका हुन् ।

अल्ट्रा म्याराथनमार्फत नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमै चम्काउन सफल भएको भन्दै राईलाई बेलायतमा कार्यरत आधा दर्जन संघसंस्थाले सहयोग संकलन गरेका थिए।  साथै उनका प्रशिक्षक तथा करातेका राष्ट्रिय प्रशिक्षक ध्रुव बिक्रम मल्ललाई पनि २ लाख रुपैयाँ नगद प्रदान गरिएको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवबहादुर विष्ट, झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री, सांसद महेन्द्रकुमारी सुब्बालगायतले मिरालाई नगद पुरस्कार हस्तान्तरण गरेका थिए ।

नेशनल जियोग्राफीले सन् २०१७ का लागि घोषणा गरेको एड्भेन्चरर्स अफ दि इयरको पिपुल्स च्वाइस अवार्डको समेत मिरा मनोनयनमा परेकी छिन् ।