रियल मड्रिड ३८ खेलमा अपराजित, सेभिल्लामाथि सहज जित


सेभिल्लामाथि सहज जित हात पार्दै स्पेनिस जाइन्ट रियल मड्रिडले आफ्नो अपराजित यात्रा ३८ खेलमा पुर्‍याएको छ ।बुधबार राति भएको कोपा डेल रे अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिडले सेभिल्लालाई ३–० ले गोल अन्तरले हराएको छ । घरेलु मैदान बर्नाबेउमा भएको खेलमा रोनाल्डो र बेल थिएनन् भने करिम बेन्जिमालार्इ बेच्नमा राखिएको थियो । तर, पाएको अवसरलार्इ सदुपयोग गर्दै जेम्स रोड्रिग्वेजले टोलीलार्इ जिताएका छन् ।

रियल मड्रिडले ११ औं मिनेटमा रोड्रिग्वेजको गोलबाट अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि नै उनले पेनाल्टीमा गोल गरे । खेलको २९ औं मिनेटमा वारानेले गोल गरेपछि रियल मड्रिड पहिलो हाफमा ३-० ले अगाडि रह्यो ।

दोस्रो हाफमा भने दुबै टोलीबाट गोल हुन सकेन ।यो जितसँगै रियल मड्रिड सबै प्रतियोगितमा गरेर लगातार ३८ खेलमा अपराजित छ, जसमध्ये २९ खेल उसलेजितेको छ । ला लिगामा लगातार धेरै खेल जित्ने कीर्तिमान भेट्टाउन रियल मड्रिडलाई अब एक जित चाहिएको छ ।