माघ अन्तिम साताबाट सुरु हुने १३ औ लेखनाथ महोत्सव २०७३ क्षेत्रियस्तरको हुने


राजाराम पौडेल,पोखरा- महाेत्सवको पनि महोत्सवको परिचय बनाएको लेखनाथ महोत्सव २०७३ क्षेत्रिय स्तरको हुने भएको छ । माघ अन्तिम साताबाट हुने यो महोत्सव पश्चिमाञ्चल क्षेत्रिय औद्योगिक व्यापार मेला तथा १३ औ लेखनाथ महोत्सव २०७३ को नाममा गरिदैछ । आयोजक लेखनाथ उद्योग बाणिज्य संघले लेखनाथमा पत्रकार सम्मेलनको आयोजना गरि माघ २७ देखी फागुन ८ गतेसम्म ब्यापार मेला तथा लेखनाथ महोत्सव संचालन गर्नेै तयारी गरेको जानकारी दिएको हो ।

१२ औ संस्करणसम्म लेखनाथ महोत्सवका रुपमा संचालन हुदै आएको महोत्सवलाई पशिचमाञ्चल क्षेत्रीय औद्योगिक ब्याापार मेलाका रुपमा अगाडी बढाउन लागिएको लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले बताउनुभयो । महोत्सवव लेखनाथको तालचोकमा आयोजना हुने भएको छ । यसभन्दा अगाडी महोत्सव लेखनाथको प्रस्तावित रगंशाला भण्डाढिकमा सचाल हुदै आएपनि त्यहाँ ब्यवस्थित रगंशाला बनेका कारण तालचोकमा गर्न लागिएको हो ।

“महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि” भन्ने मुल नाराका साथ लेखनाथ लेखनाथ महोत्सव गर्न लागिएको हो । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना र नेपाल सरकार, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, पशुपंक्षी बजार प्रवद्र्धन निर्देशनालय र पशु उत्पादन निर्देशनालय, कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम, लेखनाथ नगरपालिका कार्यालयको सह–आयोजना, नेपाल पर्यटन वोर्ड प्रवद्र्धक रहि संचालन हुने पश्चिमाञ्चल क्षेत्रिय औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सव ले यहाँको समग्र आर्थिक तथा सामाजिक क्षेत्रमा टेवा पुर्याउने विश्वास लिइएको अध्यक्ष त्रिपाठीले बताउनुभयो ।

महोत्सवको मुख्य उद्देश्य विभिन्न जिल्लाहरुमा उत्पादित कृषि तथा हस्तकलाका वस्तुहरुकोे बजार प्रवद्र्धन, सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा छिमेकी मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धनमा टेवा पुर्याउने साथै आन्तरिक एवं वाह्य पर्यटक प्रवद्र्धन गर्ने रहेको छ ।
महोत्सवमा कृषि, हस्तकला, मेशिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी, रेष्टुरेण्ट लगायतका करिब तिन सय स्टल रहने छन् । महोत्सवको ३ लाख दर्शकहरुले अवलोकन गर्ने र १५ देखी २० करोड बरावरको आर्थिक कारोवार हुने अपेक्षा गरिएको छ । महोत्सवमा करिव नव्वे लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्न ८० लाख खर्च भई १० लाख वचत हुने अनुमान आयोजकको छ ।

महोत्सवका अन्य आकर्षणमा बाल उद्यान, खाना महोत्सव, म्युजिक कन्सर्ट, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, शैक्षिक गतिविधिहरुको प्रस्तुती, राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको दैनिक आगमन, रितिरिवाज झल्कने सास्कृतिक कार्यक्रम, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग तथा व्यापारका विभिन्न विषयमा अन्तरक्रिया लगायतका कार्यक्रमहरु रहने छन् ।