नयाँ बर्षको स्वागत गर्दा स्पेनमा किन टोकिन्छ अङ्गुर ?


बार्सिलोना/स्पेनमा नयाँ बर्षलाई स्वागत गर्ने क्रमा अङ्गुर टोक्ने प्रचलन रहेको छ ।परम्परा अनुसार डिसेम्बर ३१ तारिक मध्येरातलाई बिदाई गरि नयाँ बर्षको शुरुवात गर्ने क्रममा स्पेनमा अङ्गुर टोक्ने प्रचलन बनेको हो ।

नयाँ बर्षको स्वागत गर्दा बजाईने प्रत्येक घण्टीसँगै एक अङ्गुर खान सके नयाँ बर्ष सुखद् रहने, भाग्य पनि राम्रो हुने बिश्वास रहेको पाईन्छ। प्रत्येक अङ्गुरले एक महिनाको प्रतिनिधित्व गर्ने र १२ महिनाका लागि १२ वटै अङ्गुर टोकेपछि बर्ष भरी नै समृद्धि हुने परम्परागत धारणा रहेको छ।

अङ्गुरलाई १२ सेकेन्ड भित्र खाई सक्नु पर्ने हुन्छ। स्पेनको प्रभाब रहेका दक्षिणी अमेरिकी मुलुहरुमा पनि यस्तै गरी नयाँ बर्षको स्वागत गर्ने प्रचलन रहेको छ।img_1389स्पेनमा बसाई गर्दै आएका नेपालीहरुले पनि परम्परालाई निरन्तरता दिदै आएका छन्। बाक्लो बसाई रहेको शहर बार्सिलोना बासी नेपालीहरु नयाँ बर्ष मनाउन आज प्लासा स्पानिया पुग्ने गर्छन् । अङ्गुर टोक्न र आतिसबाजी देख्न पर्यटक र स्थानीय गरि हजारौको संख्यामा भिड लाग्ने गर्दछ ।