ल हेरौ आजका दैनिक पत्रपत्रिकाको फ्रन्टपेज


आज काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले फरक-फरक समाचारलाई फरक-फरक महत्व दिएका छन् ।

नयाँ पत्रिका दैनिकले संसदमा टकरावको संकेत, प्राधिकरणका सिइओलाई सरकारले स्पष्टीकरण सोधेको र जागिरको प्रलोभनमा भारत पुर्‍याएर मिर्गौला चोरेको समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकले पुनर्निर्माण नयाँ कार्यविधि आएको र साहित्यकार कमलमणी दिक्षितको निधन भएको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।

राजधानी दैनिकले भूकम्पपीडितलाई थप एक लाख अनुदान, मिर्गौला तस्करीमा नयाँ शैली र वैसाखभित्र निर्वाचन गर्न संसदीय समितिले निर्देशन दिएको समाचारलाई महत्व दिएको छ ।

नेपाल समाचारपत्र दैनिकले विपक्षीलाई पेलेरै जाने मुडमा सरकार शीर्षकको मुख्य समाचार छापेको छ ।

नागरिक दैनिकले राजधानीमा प्रदूषणका कारण सास फेर्नै गाह्रो भएको समाचारलाई धेरै महत्व दिएको छ ।

कान्तिपुर दैनिकले दलहरु द्वन्द्वतर्फ, जालभित्र सुत्केरी र साहित्कार दिक्षितको निधन भएको समाचारलाई महत्वका साथ प्राकाशित गरेको छ ।

गोरखापत्र दैनिकले प्रधानमन्त्रीले शिक्षा रोजगारमूलक हुनु पर्छ भनेको, राजनीतिक सहमतिका लागि सभामुखले तीन दिन समय दिएको र संसदीय समितिले निर्वाचनको मिति तोक्न सरकारलाई निर्देशन दिएको समाचार छापेको छ ।

12

3

4

5

6

7