जातीय सद्भाव खल्बलिन नदिन सामुहिक गौहत्याको छानबिन तुरुन्तै गर


पोखरा । नेपाल प्राज्ञिक परिषद कास्कीले सुदुर पश्चिमको कैलाली जिल्लामा अज्ञात रूपमा गरिएको सामुदायिक गौ हत्याको छानबिन गर्न बुधबार कास्की जिल्ला प्रशासन कार्यलयमार्फत आग्रह गरेको छ ।

परिषदका जिल्ला अध्यक्ष डा. काशीनाथ कँडेलको नेतृत्वमा गएको टोलिले नेपालमा जातीय तथा धार्मिक सद्भाव जोगाउनको लागि सत्य तथ्य पत्ता लगाउनु पर्ने भन्दै सरकारले तुरुन्तै छानबिन गर्नुपर्ने बताईएको छ ।

प्रशासन मार्फत प्रधानमन्त्रीलाई पठाइएको सो बिज्ञप्तीमा घटना जो सुकैले घटाएको भएपनि सर्बसाधारण जनतालाई सत्यतथ्य जान्न पाउने अधिकार रहेको भन्दै राष्ट्रिय जनावर गाईको सामुहिक हत्याको सरकारले तुरुन्तै छानबिन नगरे जातीय सद्भाव बिग्रन सक्ने उल्लेख गरिएको छ ।

प्रेस विज्ञप्ति जस्ताको तस्तै
received_1825074467764760
received_1825074471098093