एनआरएनए अफ्रिका क्षेत्रिय बैठक,मानवतस्करी रोक्न केन्द्रित


बार्सिलोना/  बैदेशिक रोजगारीको क्रममा बढ्दै गएको मानवतस्करी,आपतकालिन राहत कोष तथा नेपालमा पर्यटन प्रबद्धन लागयतका बिषयमा छलफल गर्न गैर आबासीय नेपाली संघ (एनआरएनए) को दोश्रो अफ्रिका क्षेत्रिय बैठक सुरु भएको छ। अफ्रिकी क्षेत्रमा रहेका पन्ध्र बटा राष्ट्रिय समन्वय परिषदका प्रतिनिधिहरु सहभागि दुई दिने बैठक तान्जेनियाको राजधानी दार–ए सलाममा शनिबार सुरु भएको हो।

अफ्रिकाका लागि नेपाली राजदूत अमृत बहादुर राई, गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछानेले र उपाध्यक्ष कुमार पन्तले सम्मेलनको उद्धघाटन गरेका छन। सम्मेलनको पहिलो दिन अतिथिहरुले शुभ-कामाना ब्यक्त गरेका थिए।

यस्तै अफ्रिकन कलाकारहरुले बिभिन्न प्रस्तुतिहरु सँगै नेपाली गीतमा समेत नृत्य प्रस्तुत गरेको संघका कोषाध्यक्ष हिक्मत थापाले जानकारी दिए। दुई दिन सम्म चल्ने अफ्रिका क्षेत्रीय सम्मलेन आईतबार घोषणापत्र जारी गर्दै सकिदै छ।

15621794_10209260185040073_8418397406374592940_n15675677_10155507243199989_6304271957162940915_o