कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच जुहारी (छापाबाट)


कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच संविधान संशोधनको विषयलाई लिएर शुक्रबार एक कार्यक्रममा जुहारी चल्यो ।

सन्त नेता कृष्णप्रसाद भट्टराईको ९३ औँ जन्मजयन्तीका अवसरमा बाँडेगाउँ आश्रममा आयोजित कार्यक्रममा देउवा र ओली दुवै विशेष अतिथि थिए । औपचारिक भाषणमा दुवैले एक अर्कामाथि आक्षेप लगाउन थाले ।

ढिलो गरी कार्यक्रममा पुगेका देउवाले शुरुमै ओलीसँग झगडा परेको बेला ढिलो आइयो भन्दै क्षमा मागे । ओलीले बोलेर सकेपछि मात्रै देउवा कार्यक्रममा पुगेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

‘त्यसै त ओलीजीसँग झगडा परिरहेको छ, त्यसपनि धेरै पर्खाएँ, रिसाउनुभयो कि माफ दिनुहोला,’ मनतव्यको शुरुमै देउवाले भने, ‘संविधान संशोधन विधेयक ओलीजीले संसदमा लैजानै दिनुभएको छैन, मधेसी जनताको भावना बुझ्न ओलीजीलाई आग्रह गर्छु ।’

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कांग्रेसले ‘आइकन’ देख्न थालेको भन्दै व्यंग्य गरे । उनले भने, ‘सरकारले ल्याएको संशोधनको प्रस्ताव नेपाली जनताको हितमा भएको भए मैले र मेरो पार्टीले यसलाई शिरोप गथ्र्यो तर म अरुको हितमा कबुल गर्दिनँ, बाहिरको हितहरुको कबुल एमालेले बोक्न चाहन्न ।’

एमालेले चलाएको आन्दोलन र ओलीको अभिव्यक्ति प्रति लक्षित गर्दै देउवाले भने, ‘मधेस र पहाडबीच मनोवैज्ञानिक असर पर्ने गरी दूरी नबढाउँ । यसले गम्भिर असर गर्छ ।’

‘निर्वाचन हुन नसके म्यान थप्ने कुरा सँधै हुन सक्दैन । हामीले माघ ७ भित्र स्थानीय, प्रान्तीय र संघीय संसद्को निर्वाचन गर्न सकेनौ भने संवैधानिक रिक्तता आउन सक्छ । जतिबेला पनि म्याद थप्ने कुरा हुन सक्दैन । यसले हामीलाई नालायक बनाउँछ,’ उनले भने ।

ओलीले निर्वाचनमा जानका लागि संविधान संशोधन आवश्यक नरहेको बताए । ‘जुन कुरा आवश्यक नरहेको बताए । ‘जुन कुरा अहिले आवश्यक नै थिएन, त्यही विषय किन ल्याएको ? महोत्तरी र सिरहातिर ५ नम्बर प्रदेश टुक्र्याउने कुरा उठ्छ ?’ ओलीले प्रश्न गरे, ‘किन नेपालको पहाड र तराई मिलेर बस्न नहुने ?’