सातौँ राष्ट्रिय खेलकुदका प्रतियोगितामा पश्चिमाञ्चलबाट ६ सय ४८ जनाले सहभागीता जनाउने


राजाराम पौडेल,पोखरा- सातौँ राष्ट्रिय खेलकुदका प्रतियोगितामा पश्चिमाञ्चलबाट खेलाडी, प्रशिक्षक र अफिसियल गरि ६ सय ४८ जनाले सहभागी जनाउने भएका छन् । प्रतियोगितामा संचालन हुने ३० खेलमा ५ सय ४२ खेलाडीहरु र प्रशिक्षक र ब्यस्थापक १०६ जना सहभागी हुने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पूर्वाञ्चलमा आयोजना हुने प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई सामुहिक विदाई समेत गरिएको छ । सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनमा गरिने मार्चपासमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको तर्फबाट क्षेत्रिय झण्डा फुटबलका अन्तराष्ट्रिय खेलाडी अनिल गुरुङ र राष्ट्रिय झण्डा भलिबलकी अन्तराष्ट्रिय खेलाडी मन्जु गुरुङले बोक्ने छन् । पोखरा रगंशालामा आयोजित विदाई कार्यक्रममा संसदीय विकास समितिका सभापति रविन्द्र अधिकारीले पश्चिमाञ्चल क्षेत्रको झण्डा अनिल गुरुङलई र नेपाली सेना पश्चिम क्षेत्रका पृतनापति जगदिचन्द पोखरेलले राष्ट्रिय झण्डा मन्जु गुरुङलाई हस्तान्तरण गरे । पुरुष फुटबल खेलाडीहरु मंगलबार साझै पूर्वाञ्चल प्रस्थान गरेका छन् ।

झण्डा हस्तान्तरणपछि बोल्दै सभापति अधिकारीले पश्चिमाञ्चलका खेलाडीहरुले उत्कृष्ट खेल प्रर्दशन गदै सवैको शिर ठाडो पार्ने विश्वास ब्यक्त गरे । उनले पोखरा खेलकुदको राजधानी र खेलकुद पर्यटनका लागी सम्भावनाको क्षेत्र रहेकाले १३ औ साग सम्म पोखरा रगंशालाले आफनो परिचय बदल्ने बताए । पोखरा रगंशालाको फुटबल प्याराफिट् नयाँ निर्माण गरिने र अन्य भौतिक पूर्वाधार समेत निर्माण गरिने बताए ।उनले पोखरामा निर्माणाधिन भलिबल प्रशिक्षण केन्द्रका लागी अवको आर्थिक वर्षमा १ करोड रुपैयाँ आउने जानकारी दिए। उनले पोखरा खेल पर्यटनका हिसावले उत्कृष्ट ठाँउ रहेको बताउदै १३ औ सागमा पोखरामा धेरै प्रतियोगिता संचालन हुने बताए ।

पश्चिभमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पश्चिमाञ्चलमा अन्तराष्ट्रिय खेल खेलर अनुभव संगालेका खेलाडीहरु रहेकाले राम्रो नतिजा ल्याउने विश्वास ब्यक्त गरे । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले सातौ खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी र तयारी बारे जानकारी दिएका थिए भने सचालन क्षेत्रिय समितिका नायबसुब्बा डिवी नेपालीले गरेका थिए ।