युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको अज्ञात समूद्धारा हत्या, हत्याको बिरोधमा युवा संघ कास्कीद्धारा पोखरामा प्रदर्शन


राजाराम पौडेल,पोखरा- युवासंघ रुपन्देहीका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या भएको बिरोधमा युवा संघ कास्कीले पोखरामा प्रदर्शन गरेको छ । तिवारीको हत्यारालाई कारवाहीको माग गर्दै युवा संघ कास्कीले सोमवार राती ९ बजे पोखरामा मोटरसाईकल र्याली निकालेको हो ।

नयाँबजार स्थित पार्टी कार्यालयबाट सुरु भएको मोटरसाईकल र्याली नयाँबजार, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोड हुदै सभागृहमा पुगेर टुङ्गिएको थियो । र्यालीमा सहभागीले हत्यारा पत्ता लगाई कारवाहीको दायरामा ल्याउन माग गरेका थिए ।

युवा संघ रुपन्देहीका अध्यक्ष तथा देवदहका युवा व्यवसायी दुर्गा तिवारीको सोमबार​ अज्ञात समूहले गोली हानी हत्या गरेका थिए । मोटरसाइकल चढेर देवदह चोकदेखि घरतर्फ जाँदै गरेको अवस्थामा उनलाई देवदह-८ मा मोटरसाइकलमै आएका अपरचित व्यक्तिले छातिमा गोली प्रहार गरेको थियो । गोली प्रहारबाट गम्भीर घाइते भएका तिवारीको देवदह स्थित देवदह मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक प्रदीप डिसीले जानकारी दिए ।

४० वर्षका तिवारी स्थानीय केविआई इट्टा भट्टाका सञ्चालक समेत रहेका युवा व्यवसायी थिए । झण्डै ६ महिना अघि पनि आफ्नै भट्टामा बसिरहेको अवस्थामा तिवारीमाथि आक्रमण भएको थियो । तर, त्यतिबेला आक्रमणबाट बचेका तिवारीलाई सोही समूहले नै हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

यसैबिच​, आफ्ना रुपन्देही अध्यक्षको हत्याको विरोधमा युवा संघले आन्दोलनको घोषणा गरेको छ । घटना लगतै बसेको युवा संघको आकस्मिक बैठकले महासचिव किरण पौडेलको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाएको छ ।

समिति घटनाबारे बुझ्न म‌ंगलबार नै बुटबल जानेछ ।साथै बैठकले संघले भोलि ५ गते लुम्बिनी बन्दको आहृवान गरेको छ भने देशभर देखि बजेसम्म चक्काजाम गर्ने निर्णय गरेको प्रवक्ता प्रभावविक्रम कटवालले जानकारी दिए ।उनका अनुसार हत्यामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै म‌ंगलबारनै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने तयारी