कुनै पनि हालतमा संविधान संसोधन हुन दिदैनौ : एमाले महासचिव पोखरेल


राजाराम पौडेल,पोखरा- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले कुनै पनि हालतमा संविधान संसोधन हुन नदिने बताएका छन् । प्रेस चौतारी कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले  नेपाली जनताको भावना र संविधान विपरित ल्याइएको प्रस्ताव कुनैपनि हालतमा संसदमा छलफल गर्न हुनै दिने बताए । ‘संविधानको मर्मत विपरित ल्याइएको प्रस्वताव एमाले रहुन्जेल संसदमा छलफल हुन दिन्नौ, त्यसैले फिर्ता वा स्थगन गर्नुको विकल्प छैन् ’उनको भनाई थियो ।
संविधानको धारा २७४ विपरित संविधानको ठाडो उल्लघन गरेर ल्याएको प्रस्वताव समाजिक सद्भावत खलबल्याउने र कमजोर पार्ने गरि ल्याएको भन्दै उनले उक्त प्रस्ताव संसदमा छलफल गर्न लायक नभएको दावी गरे ।‘निर्वाचनको वातावरण बनाउन सत्ता गठबन्धनले ल्याउने निवाचन सम्वन्धि कानुन बनाउन सहयोग गर्न तयार छौ, तर संसोधन प्रस्ताव के छलफल गर्न समेत दिन्नौ ’उनको अडान थियो । उहाँले सरकारलाई प्रस्ताव फिर्ता वा स्थगन गर्न आग्रह गदै निवाचन कानुन निर्माणका लागी सहयोग गर्न तयार रहेको स्पष्ट पारे ।  ‘निवाचनका पक्षमा सरकारले गर्ने जुनसुकै कार्यक्रममा सहभावी हुन् तयार छौ तर संसोधनको पक्षमा छैनौ ।’
उनले  प्रदेश नम्वर पाँच त्यहाँका जनता र जनप्रतिनिधिको चाहाना विपरित छुट्याएर सरकारले विवाद सृजना गरेको बताए।‘पाँच नम्वर प्रदेशबाट पहाडी जिल्लालाई छुट्याउने माग कसको हो, प्रधानमन्त्री कसको भरिया बन्दैछन् ’ । उनले संविधान सर्वस्वीकार्यता विश्वमा कही नभएको भन्दै सर्वस्वीकार्यता भन्ने कुरा पाखण्डी तर्क भएको बताए ।‘९० प्रतिशत जनताले हस्ताक्षर गरेको संविधान सर्वस्वीकार्य नहुने अनि दुई चार नेताका लागी संसोधन गरेर सर्वस्वीकार्यता हुने ’उनको भनाई थियो ।
पत्रकार सम्मेलनमा बोल्दै एमाले सचिव एवं प्रवत्ता योगेश भट्टराईले संसोधन प्रस्ताव असंवैधानिक, जनविरोधी भएकाले एमालेले संसदमा छलफल हुनै नदिने बताए । संविधानको भावना विपरित छ त्यसैले संविधान विपरितको प्रस्ताव संसदमा छलफल हुन सक्दैन् उनले भने  ‘संसदमा संविधान सम्वत विषयमा मात्रै छलफल हुन्छ तर असंवैधाकिन विषयहरु छलफल हुुदैन् ।’ पाँच नम्वर प्रदेशबाट पहाडी जिल्ला हटाउने कुरा कसैले नभनेको बताउदै जवरजस्ती राष्ट्रिय भावना विपरित गरिएको बताए । उनले नेपालको पुरानो र लोकतान्त्रिक दल काँग्रेस राष्ट्रियता र जनताको भावना विपरित कमजोर बनेको आरोप लगाए । पत्रकार भेटघाट कार्यक्रम प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको थियो भने संचालन सचिव अर्जुन गिरीले गरेका थिए ।