रोनाल्डोले जिते चौथो बेलोन डि’ओर


रियल मड्रिडका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले यस बर्षको बेलोन डि’ओरको अवार्ड जितेका छन् । लियोनल मेस्सी र एन्टोइन ग्रिजम्यानलाई पछि पार्दै रोनाल्डोले  बेलोन डि’ओर अवार्ड चौथो पटक हासिल गर्न सफल भएका हुन् ।

फ्रान्सेली फुटबल एशोसियसनले प्रदान गर्दै आएको बेलोन डि’ओर अबार्डमा मेस्सीले दोस्रो स्थान तथा एन्टोइन ग्रिजम्यानले तेस्रो स्थान हासिल गरेका छन् ।

सन् २०१६ को बेलोन डि’ओर जीतेका रोनाल्डोको गत सिजन निकै उत्कृष्ट थियो । उनैको प्रेरणामा पोर्चुगलले पहिलो पटक युरोकप फुटबलको उपाधि जितेको थियो भने रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि पनि दिलाएका थिए । यसअघि उनले सन् २००९, २०१३ र २०१४ मा उनले बेलोन डि’ओरको उपाधि जितेका थिए ।

फ्रान्सेली फुटबल संघसँगको सहकार्य फिफाले रद्ध गरेपछि यो अवार्ड फ्रान्स फुटबल एशोसियसनले मात्रै आयोजना गरेको थियो। यसैबिच आगामी जनबरीमा फिफाले पनि फिफा वल्ड पेल्यर अफ दि ईयर अबार्ड प्रदान गर्दै छ।