गायिका सरस्वती लामाले ल्याईन् “उर्वसी”


 काठमाड़ौ/ गायिका सरस्वती लामाको म्यूजिकल एल्बम“उर्वसी” को लोकार्पण भएको छ। गायिका लामाको एलबम सिटीम्याक्सहल बागबजारमा एक कार्यक्रम बिच बिहीबार लोकार्पण भएको हो। 

 कार्यक्रममा प्रमुख अतिथिको रूपमा जापानका लागि पूर्व राजदुत डा. गणेश योञ्जन, चर्चित ब्यक्तित्व गुरुदेव कामत, गायक यम बराल, संगीतकार शन्तिराम राई, बसन्त सापकोटा, हरि लम्सालका संगीतकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो।

उर्वसी एल्बममा पाँच वटा गीतहरु समावेस छन। संयोग नै भन्नु पर्छ तीन बटा गीतहरुको शब्द रचना भने संचारकर्मीहरुको रहेको छ। शीर्ष गीत उर्वसीको शब्द रचना अमेरिका स्थित एनआरएन अभियन्ता तथा संचारकर्मी कृष्ण केसीले गरेका छन्। सो गीतमा बसन्त सापकोटाले संगीत दिएका छन्। 

 त्यसैगरी खाली छ खाली छ गीतमा नरेश भटट्टराईको शब्द र संगीत हरि लम्सालको रहेको छ।  कुर्ता सूरवाल लाउँकी भन्ने पूर्वेली गीतको डिम्पल लिम्बूको शब्द र शान्तिराम राईले संगीत दिएका छन्। भादगाउँले टोपीको शब्द र संगीत दुबै बसन्त सापकोटाले गरेका छन्।  नि यो छोरीलाई हेर्दा मात्रै नक्कली गीतको शब्द भीम राइको हो भने संगीत स्पंदन राइको हो।