कर्मचारीको उमेर हदको विषयमा कर्मचारीतन्त्र, मन्त्रिपरिषददेखि संसदसम्म बहस (छापाबाट)


कर्मचारीको तलब कति बढ्छ? उमेर हदबन्दी कति बनाउने? बढुवा कहिले हुन्छ? सरूवा कहाँ मिलाउने?  यी निजामति प्रशासन भित्र वर्षभरी बहस हुने र सबैभन्दा महत्व राख्ने विषय हुन्।

जनतालाई सहज, सुलभ र प्रभावकारी सेवा दिने दायित्व बोकेको निजामति प्रशासन आफ्नै सुविधाका लागि मात्रै केन्द्रित हुँदा सार्वजनिक प्रशासन कमजोर र निश्प्रभावि बन्न पुगेको छ।  आजको नागरिक दैनिकमा खबर छ ।

सरकार फेरि निजामति कर्मचारीको उमेर हद ५८ वर्षबाट बढाएर ६०  पुर्‍याउन निजामति सेवा ऐन,२०४९ मा पाँचौ संशोधन प्रक्रिया अघि बढाएपछि कर्मचारीतन्त्र, मन्त्रिपरिषददेखि संसदसम्म बहस चर्किएको छ।