बालुवा वोकेर जिवीकोपार्जन गर्ने चार जना महिला सम्मानित


राजाराम पौडेल,पोखरा –  लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान तथा अन्तरष्ट्रिय मानव अधिकार दिवसका अवसरमा लक्षित वर्गका नारीहरुलाई क्यान्सर सम्वन्धि सचेतना तथा भिआइए परिक्षण कार्यृक्रम पोखरामा सम्पन्न भएको छ ।

सामाजिक जागरणका लागि नारी अभियान कास्की, शान्तविन वाटीका टोल विकास संस्था र शान्ति घाट आमा समुहको संयुक्त आयोजना तथा वडा नागरीक मंचको संयोजनमा सम्पन्न कार्यक्रममा एक सय जना महिलाहरुको स्वास्थ परिक्षण गरिएको थियो । साथै समस्या देखीएका महिलाहरुलाई परामर्श तथा औषधी समेत वितरण गरिएको थियो ।

कार्यक्रममा वालुका वोकेर जिवीका पार्जन गर्ने, मजदुर तथा सुकुम्वासी वस्तीमा रहेका लक्षित वर्गका महिला, स्वास्थमा पहुच नभएका महिला तथा टोल विकास संस्थाका अगुवाहरुकाो सहभागिता रहेको थियो । स्वास्थ नै सम्पत्ति भएकाले स्वास्थमा पहुच पु¥याउने उदेश्यले आयोजित कार्यक्रममा चार जना महिलालाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा वालुवा वोकेर जिवीका पार्जन गर्दै आएकी ७३ वर्षीय थापाले, क्यान्सर रोग लागेर निको भएपछि समामजिक जागरण मार्फत सचेतना जगाउन सक्रियता जनाउदै आएकी कार्यक्रम संयोजक सरस्वती अधिकारी सरु , तराई पहाड सद्भावका लागि कम्वल वितरण कार्यक्रमका कार्यक्रम संयोजक ममता गुरुङ र डा तारा गुरुङ लगायतलाई अभियानका संयोजक सुष्मा पौडेलले माला र टिका द्धारा सम्मान गरेकी थिइन् ।

कार्यक्रममा डा तारा गुरुङले महिला स्वास्थ र रोकथाम तथा कार्यक्रम संयोजक सरस्वति अधिकारीले क्यान्सर र रोकथाम सम्वन्धी सचेतनामुलक प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा वडा सचिव लोकदर्शन कोइराला र टोल विकास संस्था समन्वय समिति वडा नं ९का अध्धयक्ष उत्तम जोसीले लक्षित वर्गका महिलाहरुरलाई स्वास्थमा पहुच नहुदा धेरै समस्या भोग्नु परेको भन्दै समयसान्दर्भीक र उपयोगी काार्यक्रम आायोजना गरेको वताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेकी अभियन्ता पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष वलराम पहारी, आमा समुहका अध्यक्ष निरु रानाभाट, वडा नागरीक मंचका संयोजक सरु श्रेष्ठ , जेष्ठ नागरीक दुर्गा पहारी लगायतले वोलेकाा थिए ।कार्यक्रमको सञ्चालन प्रकाश शर्माले गरेका थिए ।

साामुदायिक सेवा जिल्ला समन्वय समिति कास्कीको सभाहलमा सम्पन्न कार्यक्रममा सामुदायिक सेवा केन्द्रका प्रहरी, आमा समुह, टोल विकास संस्था र सामाजिक जागरणका लागि नारी अभियानका सदस्यहरु स्वयमसेवकका रुपमा खटीएका थिए ।