पोखरा लर्नसमा वार्षिक खेलकुद प्रतियोगीता सुरु


राजाराम पौडेल,पोखरा – पोखरा लर्नस एकेडेमीमा वार्षिक खेलकुद प्रतियोगीता बुधबारदेखि सुरु भएको छ । तीन दिन सम्म चल्ने प्रतियोगीताको एक कार्यक्रमकाबिच कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी विष्णुराज पोखरलेले उद्घाटन गरे । कार्यक्रममा बोल्दै उनले विद्यार्थीको सिकाईको लागि खेलविधिको महत्व उच्च रहने बताए । एकेडेमीले वार्षिक खेलकुद प्रतियोगीताको आयोजना गरेर विद्यार्थीलाई आफ्नो खेल कौशल देखाउने अवसर दिएकोमा उनले खुशि व्यक्त गरे । विभिन्न शैक्षिक गतिविधिको माध्यमबाट आफुलाई अग्रणी स्थानमा उभ्याउन सफल एकेडेमीले खेलकुदको क्षेत्रमा समेत आफुलाई अब्बल सावित गर्नेमा उनको विश्वास थियो ।
पोखरा लर्नस एकेडेमीका निर्देशक इश्वरबन्धु गौतमको सभापतीत्वमा भएको उद्घाटन समारोहमा, संस्थापक प्राचार्य विधान गौतम, शिक्षक कृष्ण शर्मा,  विद्यार्थी दियम्सा गौतम लगायतले आफ्नो भनाइ राखेका थिए । ११ औ संस्करणको त्रिदिवसिय खेलकुद प्रतियोगीता मंसिर २४ गते सम्म चल्नेछ । वार्षिक खेलकुद प्रतियोगीतामा फुटवल, भलिवल, कपर्दी, रस्साकस्सी, बेलुनफुटाई, ह्याण्डबल, लङजम्प लगायतको विधामा जुनियर र सिनियर लेभलमा प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगीता अन्र्तगत बुधबार भएको सिनियर रस्साकस्सी प्रतियोगीतामा पहेँलो सदन प्रथम भएको छ । यसैगरी बेलुन फुटाई प्रतियोगीतामा कक्षा युकेजीका समिर नेपाली प्रथम भए । बेलुन फुटाईमा विकेस तामाङ द्धितिय भए भने सक्षम पौडेलले तृतिय स्थान हात पारे ।  वि.स.२०६२ सालबाट सञ्चालमा आएको पोखरा लर्नस एकेडेमीमा मन्टेश्वरी देखि कक्षा १० सम्मको पढाई हुदै आएको छ । विद्यालयमा हाल झण्डै ५ सय ५० जना विद्यार्थीले अध्ययन गर्दै आएको संस्थापक प्राचार्य विधान गौतमले जनाए ।