संविधान संसोधनले द्धन्द्ध र विभाजन निम्त्याउछ : एमाले वरिष्ठ नेता खनाल


राजाराम पौडेल,पोखरा – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान संसोधन राष्ट्रीयता र जनहित विपरित रहेको बताउदै कुनैपनि हालतमा पारित हुन नदिने बताएका छन् । नेकपा एमाले कास्कीले आइतबार पोखरामा आयोजना गरेको कार्यकता भेला एवं पाटीको मुखपत्र घोषर्णाको लोर्कापण कार्यक्रममा बोल्दै उनले संविधान कार्यान्वयन गर्नुपर्ने बेला संसोधनको हल्ला गर्नु ब्यर्थ भएको बताए । संविधान संसोधनको हल्ला ब्यर्थ हो उनले भने ‘संविधान संसोधनले द्धन्द्ध र विभाजन निम्त्याउछ ।’
पूर्वप्रधानमन्त्री समेत रहेका खनालले अंगिकृतलाई राष्ट्रपती, प्रधानमन्त्री बनाउने, हिन्दीलाई राष्ट्रिय भाषा बनाउने, पहाड र तराईलाई छुट्याउने कुरा कुनैपनि हालतमा स्वीकार्य नहुने बताए । ‘अंगिकृतले प्रमुख पदमा जान पाउनुहुन्न, यस्तो ब्यवस्था कुनै पनि देशमा छैन्, हामी त्यसलाई स्वीकार गर्न सक्दैनौ ।’ दक्षिणबाट पसेका ब्यक्तिले देशका प्रमुख पदमा जानपाउनुपर्छ भन्ने भनाई राष्ट्रियता विपरिछ उनले भने ‘राष्ट्रिय भावनामा चोट पुर्याउने प्रस्ताव एमालेले घाम जुन रहेसम्म मान्दैन ।’

उनले नेपालको संविधान लोकतान्त्रिक रहेको भन्दै त्यसको रक्षा र कार्यान्वयन गर्ने सवैको दायित्व भएको बताए । नेपालको संविधान अधिकार सम्पन्न, देशभक्ती, प्रगतिशिल र लोकतान्त्रिक छ भन्दै उनले सवै नेपालीलाई एकताबद्ध गर्ने डोरीका रुपमा रहेको बताए । सवैर्लाइ एकताबद्ध गर्ने डोरीको रुपमा संविधान आएको छ उनले भने ‘हामी नेपाली हौ, जसरी फुललाई डोरीले बाँधेको छ नेपालको संविधान पनि सवैलाई एकतामा बाध्ने खालको छ ।’ उनले संविधान उत्कृष्ट हुदाहुदै पनि केही कमजोरी हुन सक्ने बताउदै मधेशी मोर्चाका नेताले उठाएका असन्तुष्टिहरु औचित्यपूर्ण नभएको दावी गरे । कार्यक्रम एमाले कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सचिव दामोदर बैरागीले गरेका थिए ।