गत बर्षको हिट चलचित्र क्लासिक टिमद्वारा नयाँ चलचित्रको घोषणा


काठमाण्डौ, गत बर्षको हिट चलचित्र ‘क्लासिक’ टिमले अर्को फिल्म निर्माण गर्ने भएको छ। प्राय जसो प्रेम कथामा आधारित चलचित्र निर्देशन गरेर सफल भएका निर्देशक दिनेश राउतको निर्देशन तथा सुवास इन्टरटेनमेन्ट र टिभी फिल्मीको संयुक्त लगानीमा निर्माण हुने चलचित्र ‘पर्व’को मंगलवार साँझ एक कार्यक्रमकाबिच घोषणा गरिएको छ ।

चलचित्रको मुख्य भूमिकामा नम्रता श्रेष्ठ तथा कोशिस क्षेत्रीको अभिनय रहनेछ भने चलचित्रका अन्य कलाकारहरुमा अमितेष शाह, प्रिया रिजाल, श्रीयन्स तिमिल्सिना लगायत रहेका छन्।

यसै वर्षको चैत २५ मा रिलिज हुने बताईएको चलचित्रमा  कोशिश क्षेत्रीको कथा, किरण माइकल घिमिरेको पटकथा तथा संवाद, राजेश श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी रहनेछ।