नलेज नेटको रक्तदानमा ४३ युनिट संकलन


कृष्ण रानाभाट/पोखरा । बिश्व एड्स दिवसको अबसरमा एस. सिद्धार्थ हार्डवयर एण्ड सेनेटरी र नेपाल रेडक्रस सोसाइटी कास्कीको सहयोगमा नलेज नेटद्वारा बिहीबार आयोजित रक्तदान कार्यक्रममा ४३ युनिट रगत संकलन भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति बामदेब ढुङ्गानाले पहिलो रक्तदाता शंकर कार्कीलाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गरेका थिए । उनले रगतको अभावमा अस्पतालमा उपचाररत बिरामीहरुलाई यस प्रकारको कार्यक्रमले सहयोग पुग्ने बताए ।

कार्यक्रममा क्षेत्रीय रक्त संचार सेवा पोखराका प्राबिधिक अधिकृत महेन्द्र केसि, स्टाफ नर्स यमुना केसि, ल्याब टेक्निसियन मन्जु मौरती र स्वयंसेवकहरु सबिना पराजुली, अस्मिता पौडेल, तिलक कोइराला लगाएतले प्राबिधिक सहयोग गरेका थिए ।

२०६९ सालमा स्थापना भएको नलेज नेटले एचआईभी एड्स सम्बन्धि सचेतना, विभिन्न जिल्लाका ग्रामीण क्षेत्रमा सामाजिक कार्यक्रम गर्दै आएको क्लबका अध्यक्ष प्रेमकुमार खड्काले बताए ।

कार्यक्रमका प्रमुख अतिथि तथा अतिथीहरुले रक्तदाता र सहयोगदाताहरुलाई प्रमाणपत्र बितरण गरेका थियो ।

संस्थाका अध्यक्ष प्रेमकुमार खड्काको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन सहसचिव नारायण थापाले र सचिव अमृत थापाले संचालन गरेका थिए ।